समाजवादी पार्टीको अभिवादन- जय मधेश ! जय मातृभूमि !

फाइल तश्वीर

समाजवादी पार्टीले प्रदेश अनुसार पहिचानमा आधारित साझा अभिवादन गर्ने भएको छ । राजधानीमा शनिवार सम्पन्न केन्द्रीय समितिको बैठकले प्रदेशको पहिचानमा आधरित अभिवादन गर्ने निर्णय गरेको हो । 

नेपाली कांग्रेसले 'जय नेपाल' र नेकपाले 'लाल सलाम' भनेर अभिवादन गर्ने गर्छन । अब समाजवादी पार्टीका नेताहरुले 'जय मधेस' 'जय तमुवान' भनेर अभिवादन गर्ने भएका छन ।


Advertisement

पहिचानमा आधारित अभिवादनमा 'जय मातृभूति' पनि थपिने छ । 

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अवदेखि पार्टीको आधिकारिक साझा अभिवादन गर्ने निर्णय भएको जानकारी दिए । 


Advertisement

समाजवादी पार्टीले मंसीर देखि चैतसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियान संचालन गर्ने भएको छ ।

सरकारबाट अलगिने वा सरकारमा बसिरहने भन्नेवारे आइतवार बस्ने पदाधिकारी बैठकले टुंगो लगाउने प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । 
 

कमेन्ट गर्नुहोस्