×

NMB BANK
NIC ASIA

हिजो दिनभर : यस्ता छन् प्रमुख समाचार

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

 निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । कूल ४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । कूल २८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, पुनः गरियो हेमोडायलासिस


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री  केपी शर्मा ओली शनिवार ग्राण्डी अस्पताल गएका छन् । अस्पताल पुगेका ओलीको हेमोडायलासिस गरिएको ग्राण्डी अस्पतालले जनाएको छ ।

Vianet communication
Laxmi Bank

अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे, युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रा.डा. प्रेमराज ज्ञवाली र प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली उपचारका लागि अस्पताल आएका जनाएका छन् ।

भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्वयुले गाड्यो नेपालको झण्डा

भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज नेपालको झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो । 

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ । अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

विमल घर्तीमगर सहित फूटबल टिमका ४ खेलाडी बर्खास्त

नेपाली फूटबल टिमका ४ खेलाडी  राष्ट्रिय टिमबाट बर्खास्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने  नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको हो । 

बर्खास्त हुनेमा स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीछन् । 

उनीहरू गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ।

काम नगर्ने ठेकदारलाई कारवाही हुन्छ : नेता पौडेल

कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङदेखि घोडाबाँधे क्षेत्रको सडक अलपत्र पार्ने ठेकेदारलाई सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् ।

वाम गठबन्धनले बडिगाड गाउँपालिका–२ दनियामा शनिवार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै विकास आयोजनामा ढिला हुनुमा सरकार मात्रै दोषी नहुने भन्दै संघीय सांसद तथा नेकपा स्कूल विभागका उपप्रमुख समेत रहेका पौडेलले ठेकेदारलाई कानूनी कठघरामा उभ्याउन सरकार पछि नहट्ने बताए ।

अछेते घोडाबाँधे सडकको ठेक्का पाएको सूर्य कन्सट्रक्सन टाट पल्टिएपछि अहिले लोकमार्गको १२ किलोमिटर सडक अलपत्रजस्तै भएको छ । उनले देशको सार्वभौमिकता र सीमाका सन्दर्भमा विगतका आफ्ना नेताका भूमिकालाई हेर्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिए । उनले सरकारले कूटनीतिक माध्यमबाट सबै समस्या समाधान गर्ने बताए ।

माजवादी पार्टीले प्रदेश अनुसार पहिचानमा आधारित साझा अभिवादन गर्ने भएको छ । राजधानीमा शनिवार सम्पन्न केन्द्रीय समितिको बैठकले प्रदेशको पहिचानमा आधरित अभिवादन गर्ने निर्णय गरेको हो । 

नेपाली कांग्रेसले 'जय नेपाल' र नेकपाले 'लाल सलाम' भनेर अभिवादन गर्ने गर्छन । अब समाजवादी पार्टीका नेताहरुले 'जय मधेस' 'जय तमुवान' भनेर अभिवादन गर्ने भएका छन ।

समाजवादी पार्टीको अभिवादन- जय मधेश ! जय मातृभूमि !

पहिचानमा आधारित अभिवादनमा 'जय मातृभूति' पनि थपिने छ । 

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अवदेखि पार्टीको आधिकारिक साझा अभिवादन गर्ने निर्णय भएको जानकारी दिए । 

समाजवादी पार्टीले मंसीर देखि चैतसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियान संचालन गर्ने भएको छ ।

सरकारबाट अलगिने वा सरकारमा बसिरहने भन्नेवारे आइतवार बस्ने पदाधिकारी बैठकले टुंगो लगाउने प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

प्याज अचाक्ली महंगो : प्रतिकिलो २०० रुपैयाँ

केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै बढेर अचाक्ली महंगो भएको छ ।

प्याजको मूल्य आकाशिएसँगै स्थानीय उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिए । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ ।

नेपाली भूमिको रक्षा गर्न सक्षम छौं : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताएका छन् ।

उनले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पारे ।

पाल्पाको धुवल पुस्तकालयले शनिवार आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या सुल्झाउने बताए ।

नेपाली भूमि एक इन्च पनि छाड्न नसकिने भन्दै मन्त्री ज्ञवालीले नेपालको पूर्वमा मेची र पश्चिममा महाकाली नदी नेपालको सिमाना रहेको सुगौली सन्धिमा निर्दिष्ट भएको उल्लेख गरे । नेपालीमा फूलको मालाजस्तो राष्ट्रिय एकता रहेको उल्लेख गर्दै उनले देशको राष्ट्रिय एकता चुँडाउन खोज्ने जो कोही देशद्रोही भएको बताए । मन्त्री ज्ञवालीले भने, ‘फूलको मालाका धागा काट्ने र फूल चुँडाउने प्रयास भइरहेको छ । त्यस्ता देशद्रोही प्रयास निस्तेज गर्न वर्तमान सरकार सक्षम छ ।’

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ । दुबईमा उहाँले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट गर्नुका साथै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम छ ।

‘एअर–शो’को पहिलो दिन आइतबार हुने उद्घाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गर्नेछन् । त्यस्तै उनले त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा युएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्नेछन् ।

भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ : नेता नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरेका छन् ।

इलामको माङसेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहलसमेत अघि बढाएको बताए। 'कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो', उनले भने, 'यस सम्बन्धमा सङ्घीय सरकारले कूटनीतिक पहल थालिसकेको छ, भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ ।'

मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै नेता नेम्वाङले समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए। तीनै तहका सरकारले जनताका पक्षमा महत्वपूर्ण काम गर्दै अघि बढिरहेकाले उनले त्यसका लागि जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागिपरेको बताए।

दोस्रो गलकोट घुम्टे महोत्सवको तयारी तीव्र

झण्डै १३ वर्ष पछि गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ ।

मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी यति बेला तिव्र पारिएको छ । गलकोट घुम्टे विकास केन्द्र बागलुङको आयोजनमा हुन गइरहेको महोत्सवलाई सफल पार्न अहिले विभिन्न ठाउँमा समुह बनाएर प्रचार प्रसार आर्थिक संकलनलाई दृढतापुर्वक अगाडी बढाईएको छ ।

केन्द्रले गलकोटसँगै देश तथा विदेशमा रहेका गलकोटे तथा बागलुङ जिल्लाबासीसँगको अन्तरकृया तथा भेटघाटलाई सकृयता पुर्वक अगाडी बढाएको छ ।


वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्छ : देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए।   

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए। पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए। 

'कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो', उनले भने, 'सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।'

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो ।  भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए। 

घर भत्काउने क्रममा पर्खालले किचेर १ जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।
 
घर भत्काउँदै गरेका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए ।

घाइते मोक्तानलाई हात्तीसुँडे स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना राति १२ बजे भएको थियो । 

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताएका छन् ।

महोत्तरीको  मटिहानीस्थित राजकीय संस्कृत मावि र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा अध्ययन गरेका भूतपूर्व संस्कृत विद्यार्थी समाजको जारी प्रथम सम्मेलनका सहभागी प्रतिनिधिसँग शनिवार बिहान सम्मेलन सफलताको कामना गर्दै वरिष्ठ नेता नेपालले संस्कृत भाषा वैज्ञानिक हुनाका साथै ज्ञानको खानी  भएको बताएका हुन् ।

बिहान राजकीय संस्कृत विद्यालय परिसर पुग्नुभएका नेपाललाई संस्कृत माविका विद्यालयका विद्यार्थीले वैदिक मन्त्रोच्चारणबीच स्वस्तिवाचन गरेका थिए । संस्कृत मावि र विद्यापीठको अवलोकन गरेका नेपाललाई समाजमा आबद्ध दुवै शिक्षालयका पूर्वविद्यार्थीले स्वागत गर्दै संस्कृत शिक्षा उपेक्षित हुँदै गएको गुनासो गरेका थिए । 

सम्मेलनमा सहभागी हुन आएका समाजमा आबद्ध हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन डा शम्भु कोइरालाले मटिहानीको मुख्य आकर्षण संस्कृत शिक्षा भएको उल्लेख गर्दै यसको संवद्र्धनका लागि नेपालको ध्यानाकर्षण गराएका छन् ।

सम्मेलनका सहभागीसँग वरिष्ठ नेता नेपालले संस्कृतको संरक्षण र संवद्र्धनमा सबै तहका सरकार र प्रबुद्ध वर्गको निरन्तर सहयोग रहनुपर्नेमा जोड दिए। आफ्नो तहबाट यसका लागि उच्चतम प्रयत्न गरिने नेपालले प्रतिबद्धता जनाए । समाजको प्रथम सम्मेलनमा सहभागी हुन ५० वर्षअघि सम्मका ३०० पूर्वविद्याथी अहिले मटिहानी पुगेका छन् ।

ट्याङ्कर दुर्घटनामा चालक र सहचालकको मृत्यु

धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार मकवानपुर जिल्ला हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा शुक्रबार राति बाटोमा नै मृत्यु भएको हो ।

चालक लामाको शव धुलिखेल अस्पतालमा र सहचालक लामाको शव नर्भिक अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना७ख ३७६० नंको डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

ट्याङ्कर दुर्घटना हुँदा घटनास्थल नजीकै बिग्रेको बा२ख ६२५६ नंको यात्रुवाहक बसमा काम गर्ने उदयपुर आँपटार गाविस–१ का सहचालक सोभितबहादुर कटुवाल भने घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । कटुवाल दुर्घटना भएको ठाउँको डिलमा उभिएर बसेको अवस्थामा ट्याङ्करले सोहोरेर लगी घाइते भएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x