नेकपाको सचिवालय बैठक बस्दै, मन्त्रिमण्डल हेरफेरको प्रस्तावमा छलफल हुन सक्ने

फाइल फोटो

काठमाडौँ -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतवार दिउँसो बस्ने भएको छ ।

बैठकमा पार्टी एकताका बाँकी काम टुंगोसँगै मन्त्रिमण्डल हेरफेर गर्ने सन्दर्भमा छलफल हुने बताइएको छ  ।


Advertisement

स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने प्रस्ताव पेश गर्ने सम्भावना छ ।

'आज बस्ने बैठकमा प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गर्ने प्रस्ताव लैजाने सम्भावना छ,' स्रोतले दाबी गर्यो, 'पार्टी एकता प्रक्रियाका बाँकी कामका सन्दर्भमा र स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुनेछ ।'


Advertisement

 

 

कमेन्ट गर्नुहोस्