×

NMB BANK
NIC ASIA

इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक

मंसिर १, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ ।

Muktinath Bank

सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति पु¥याए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिएको छैन । दरबारको निर्माण कार्य जारी रहेका कारण निर्माण सामग्री पनि यत्रतत्र छरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो अवस्थामा पनि गोरखा दरबार क्षेत्र र यहाँस्थित गोरखकाली मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र पर्यटकको सङ्ख्या भने घटेको छैन । भूकम्पले क्षतिग्रस्त भए पनि ठूलो आस्था एवं विश्वासका कारण गोरखकाली मन्दिरमा दर्शनार्थी आउने क्रममा कुनै कमी नआएको मन्दिरका पुरोहित हरिबाबु अर्यालले जानकारी दिए। उनकाअनुसार कालिका मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

बिहान १० देखि दिउँसो ३ बजेसम्म पूजाआजा हुने यस मन्दिरमा विशेषगरी बडादशैँ र चैतेदशैँमा विशेष पूजा गरिन्छ । नेपालको गौरवशाली इतिहासको शुरुआत गोरखा दरबारबाटै भएका कारण देशका विभिन्न स्थानबाट दिनानुदिन पर्यटक आउने गरेको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए। भूकम्पले यहाँका धेरै संरचना क्षतिग्रस्त भए पनि गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको शुरुआत भएको ठाउँ भन्दै पर्यटक आउने गरेको उनले बताए।

Vianet communication
Laxmi Bank

नेपाली इतिहासमा गौरव गर्ने स्थानका रूपमा गोरखा दरबार रहेका कारण एक पटक यो ठाउँ पुगौँ भन्ने अभिलाषाका साथ आफू गोरखा दरबार आइपुगेको त्यहाँ भेटिनुभएका नेपालगञ्ज खजुराका श्यामप्रसाद पन्तले बताए। पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यका साथ गोरखकाली मन्दिर परिसरमा तत्कालीन पोसाक र हातहतियारसहित खटिएका सुरक्षाकर्मी देख्दा आफूलाई छुट्टै गौरवको अनुभूति भएको उनले बताए।

'चिटिक्क कालो दौरासुरुवालमा सजिएका सुरक्षाकर्मी, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा, हातमा भरुवा बन्दुक कति सुहाएको,' उनले थपे, 'साथीभाइ, इष्टमित्र सबैलाई देखाउनका लागि भने पनि उनीहरूसँग सँगै बसेर फोटो खिचाएँ, फेसबुकमा पनि पोष्ट गर्छु ।' राजा पृथ्वीनारायण शाहले यही दरबारबाट सिङ्गो नेपालको परिकल्पना गर्नुभएका कारण पनि यो ठाउँको आफ्नै महत्व रहेको उनले बताए।

पन्त जस्तै पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सुरक्षाकर्मीसँग यहाँ आउने जो कोहीले फोटो खिचाउने गरेका छन् । पृथ्वीनारायणकालीन पोसाक र हातहतियारसहितका सुरक्षाकर्मी गोरखा दरबारको अर्को आकर्षण बनेको छ ।

तत्कालीन समयको पोसाकसहितका सुरक्षाकर्मी राखेका कारण यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहासबारे जानकारी लिन र त्यसको केही मात्रामा भने पनि अनुभूति गर्न अझै सहज हुने विश्वास लिइएको गोखरा दरबार हेरचा अड्डाका सूचना अधिकारी कट्टेलले जानकारी दिए।

नेपाल एकीकरणका क्रममा सेनाको बहादुरीले वीर गोर्खाली भनेर देश–विदेशमा परिचित गराएको बताउँदै कट्टेलले तत्कालीन समयको पोसाकमा सेना राखिनुले इतिहाससमेत जीवन्त हुने उल्लेख गरे। गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त गोरखा दरबार यतिखेर पुनःनिर्माणको क्रममा छ । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करिब चार सय वर्ष पुरानो यो दरबार क्षतिग्रस्त भएका कारण जगदेखि नै पुनःनिर्माण कार्य अघि बढाइएको हो । 

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार पुरातात्विक महत्वको दरबारको इतिहास, गरिमा र महत्वलाई दृष्टिगत गरी यसको प्राचीनस्वरूप र आकर्षणलाई कायम राख्दै पुरानै स्वरूपमा पुनःनिर्माण गर्न लागिएको छ ।

दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, चौघेरा दरबार, दमाइँ पाटीलगायतका स्थान भने मर्मत भइसकेको छ । निर्माण सामग्री राख्ने स्थान अभाव आदिका कारण दरबारसँगै रहेको कालिका मन्दिरको पुनःनिर्माण शुरु हुन नसकेको र दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै मन्दिरको पुनःनिर्माण अघि बढाइनेछ ।

भूकम्पले यहाँस्थित पशुपति मन्दिर, गुह्येश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाइँपाटी, बडादशैँमा पुरोहितलाई वरणी ‘निम्ता’ दिने पण्डितपाटीलगायतका संरचनामा क्षति पु¥याएका कारण केहीको निर्माण गरिसकिएको छ भने केही निर्माणका क्रममा छन् ।

झण्डै पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना भूकम्पका कारण क्षतिग्रस्त भएका कारण यिनीहरूको पुनःनिर्माण कार्य क्रमिकरूपमा बढिरहेको प्रमुख भुसालले जानकारी दिए। गोरखा दरबारसँगै गोरखा राज्यका इतिहासका हरेक पक्ष राखिएको गोरखा सङ्ग्रहालय पनि यहाँको अर्को आकर्षण हो । सङ्ग्रहालय गोरखा दरबार रहेको डाँडाको फेदीमा पर्दछ ।

सङ्ग्रहालयको मुख्य प्रवेशद्वारमा सजाइएका सन् १७९२ मा निर्मित दुई तोपमा फोटो खिचाउन पर्यटक लालायित हुने गरेका छन् । सङ्गहालयभित्र राखिएका गोरखाका शाह राजाहरूको परिचयात्मक कक्ष, जन्मकुण्डली कक्ष, हातहतियार कक्ष, पुष्पिका वाक्य कक्ष, धार्मिक तथा आर्थिक कक्ष आदिले पर्यटकलाई लोभ्याउने गरेको छ ।

त्यस्तै सङ्ग्रहालयमा रहेका कलात्मक भाँडावर्तन कक्ष, लिच्छवी चैत्य कक्ष, धार्मिक बाजा कक्ष, बगैँचा आदिले पर्यटकलाई लोभ्याउने गरेको छ । सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विदेशीका लागि रु १००, नेपाली सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १० प्रवेश शुल्क निर्धारण गरिएको कर्मचारी कोपिला देवकोटाले जानकारी दिइन्। वासुदेव पौडेल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x