कटारीमा यामाहाको नयाँ शोरुम

नेपालमा सर्वाधिक बिक्री हुने बाइक यामाहाले कटारीमा नयाँ शोरुम संचालनमा ल्याएको छ । शोरुमको उद्घाटन प्रमुख अतिथि एवं चर्चित अभिनेत्री प्रियँका कार्कीले गरेकी थिइन् । 

सो समारोहमा जनकपुर उप–महानगरपालिकाकी उप–मेयर भीम कुमारी पन्त, बजाज शोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो ।


Advertisement

सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुने कम्पनीले बताएको छ ।  


Advertisement

ग्राहकहरुलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरककहाँबाट यामाहा बाइक खरीद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरुमको संचालन गरिएको छ ।

उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ३ स ९सेल्स, सर्भिस र स्पेयर पार्टस्० का साथ साथै फाइन्यानस र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ । 

 


 

कमेन्ट गर्नुहोस्