×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ता

प्रधानमन्त्रीको आत्मविश्वासका कारण मिर्गौला पुनः प्रत्यारोपणमा जोखिम कम !

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीमा भएको आत्मविश्वासका कारण पुनः प्रत्यारोपणमा जोखिम निकै कम रहेको दाबी गरेका छन् ।

Muktinath Bank

आइतवार लोकान्तरसँग कुरा गर्दै विशेषज्ञ काफ्लेले उच्च आत्मविश्वास हुने हो भने मिर्गौला प्रत्यारोपणपछिको जोखिम कम हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'उहाँ जुन फुर्तिका साथ डायलासिस गर्न जानु/आउनु भएको छ, त्यसले उहाँमा आत्मविश्वास उच्च छ भन्ने देखाउँछ,' काफ्लेले भने, 'उच्च आत्मविश्वास भएपछि जोखिम त्यसै कम भइहाल्छ ।'


Advertisment
Nabil box
Kumari

डाक्टर काफ्लेले प्रधानमन्त्री नियमित डायलासिस र पुनः प्रत्यारोपणको स्थितिमा पुगिसकेको बताए ।

Vianet communication
Laxmi Bank

'उहाँको मिर्गौलाले काम नगरेको स्थितिमा डायलासिस भएको हो,' उनले भने, 'मिर्गौलाले काम गरेको भए डायलासिस हुन्थेन । एक दुईपटक डायलासिस गरेर सुधार भएको भएपनि फेरि डायलासिस गर्नुपर्ने थिएन । अब उहाँ कि डायलासिस गरिरहनुपर्ने अवस्थामा जानुभयो, होइन भने मिर्गौला पुनः प्रत्यारोपण गर्ने स्थितिमा जानुभएको हो ।' 

मिर्गौला पुनः प्रत्यारोपण गर्नका लागि नेपालमा केही कानूनी समस्या हुनसक्ने डाक्टर काफ्लेको भनाइ छ ।

'नेपालमा नातेदार नै चाहिन्छ, विनानातेदार चाहिँ हुँदैन,' उनले भने, 'हामीकहाँ नातेदारबाहेक अरूले दिन पाउँदैन तर भारतमा यससम्बन्धी कानून अलि खुला छ । भारतको प्रत्येक शहरमा सरकारले  अथोराइजेसन कमिटी बनाइदिएको छ । त्यो कमिटीले पैसाको लेनदेन छैन र विशुद्ध मानवीय ढंगबाट गरेको हो भने जसले पनि मिर्गौला दिन सक्नेगरी अनुमति दिन्छ ।' 

डाक्टर काफ्लेले डायलासिसका सन्दर्भमा अहिल्यै केही भन्न नसकिने बताए । 'लगभग १५ दिनको ग्यापमा हिजो डायलासिस भयो, हिजो गरिसकेपछि फेरि १/२ दिनमा गर्नुपर्ने हो कि भनेर भन्न गाह्रो छ,' उनले भने, 'किड्नी बिग्रियो भनेपछि यो बिग्रने क्रम कति छिटो जान्छ भनेर समय–समयमा हेर्दै गर्नुपर्‍यो । २/४ हप्तामा, १०/१५ दिनमा पनि डायलासिस हुन सक्छ, हप्ताको ३ पटक पनि हुन सक्छ ।' 

यसअघि भदौमा प्रधानमन्त्री ओली सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल गएर प्लाज्मा फेरोसिस गरेर आएका थिए । डाक्टर काफ्लेले त्यो उपचार प्रक्रिया असफल भएको टिप्पणी गरे । 

'प्लाज्मा फेरोसिस गरेर किड्नी ठीक भएन,' उनले भने, 'अब नियमित डायलासिस या पुनः प्रत्यारोपणबाहेक अन्य कुनै विकल्प छैन ।'

डाक्टर काफ्लेले थुनिएको पिसाब निकाल्न राखिएको 'स्टेन्ट' पनि निकालिएपछि अब प्रधानमन्त्री ओलीको युरिन आउटपुट कति हुन्छ भनेर नियमित हेरिरहनुपर्ने बताए । 

'स्टेन्ट पनि निकालिएको छ, पहिला पिसाब थुनिएको थियो र त्यसलाई खोल्न स्टेन्ट राखिएको थियो,' उनले भने, 'उहाँको स्टेन्ट पनि अहिले निकालियो । युरिन आउटपुट कति हुन्छ भन्ने पनि अब हेरिरहनु पर्छ ।' 

स्टेन्ट झिकेको अवस्थामा पिसाब राम्रो भइरह्यो भने जोखिम कम रहने नत्र भने छिटो डायलासिस चाहिन सक्ने दाबी उनले गरे । 'के कुरा सत्य हो भने, डायलासिस या प्रत्यारोपण नजिकै आयो,' उनले भने, 'अब मुख्य बिरामी उहाँ, उहाँको परिवार, मेडिकल टीम मिलेर के गर्ने भन्ने निर्णय छिटो लिनुपर्‍यो ।' 

पुनः प्रत्यारोपणमा त्यति समय नलाग्ने डाक्टर काफ्लेले बताए । 

'पुनः प्रत्यारोपणले उहाँको कार्यक्षमतामा धेरै फरक पर्दैन,' उनले भने, 'पुनः प्रत्यारोपण गरेपछि २ महिनामै उहाँ काममा फर्किन सक्नुहुन्छ । बढीमा ६ देखि ८ हप्ताको समय लिने हो ।'

शरीरमा एन्टीबडी बनेको हुनाले अलिकति बढी जोखिम हुन सक्ने डाक्टर काफ्लेले बताए । 

'रिस्क फ्याक्टर बढ्न सक्छ, एन्टीबडी बनेको हुनाले सेन्सेटाइज भएको छ स्वास्थ्य,' उनले भने, 'अहिले तत्काल पुनः प्रत्यारोपण पनि गर्न मिल्छ कि मिल्दैन भन्ने टेस्ट गर्नुपर्छ । उहाँमा अन्य समस्या पनि छन् । तैपनि यदि छिट्टै प्रत्यारोपण गर्नुभयो भनेदेखि फरक पर्दैन । छिट्टै हुन सक्ने देखिन्छ ।' 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x