बेलायत सरकारले युद्धअपराध लुकाएको आरोप

बेलायत सरकार र सशस्त्र बलहरूले अफगानिस्तान र इराकमा बेलायती सेनाले गरेको हत्याको ढाकछोप गरेको आरोप लगाइएको छ । 

बीबीसी पानोरमा र द सन्डे टाइम्सले ११ जना बेलायती जासूसहरूसँग कुरा गर्दा युद्ध अपराधको विश्वसनीय प्रमाण फेला पारेको बताए । 


Advertisement

उक्त हत्याका लागि सैनिकहरूलाई अभियोजन गरिनुपर्थ्यो, उनीहरूले भने । 

रक्षा मन्त्रालयले ढाकछोप गरिएको भन्ने आरोप आधारहीन रहेको भन्दै त्यसलाई अस्वीकार गरेको छ । 


Advertisement

इराक हिस्टोरिक एलिगेसन्स टीम (आईह्याट)ले इराकमा रहँदा बेलायती सैनिकहरूले गरेको भनिएको युद्धअपराधलाई अनुसन्धान गरेको छ र अफगानिस्तानको युद्धअपराधको अनुसन्धान अपरेसन नर्थमूरले गरेको छ । 

आईह्याटमा एक हजारभन्दा बढी मुद्दा दर्ता गर्ने अधिवक्ता फिल शाइनरले इराकमा क्लायन्ट खोज्नका लागि बिचौलियाहरूलाई पैसा तिरेको भनी आरोप लागेपछि सरकारले आईट्याट र नर्थमूर बन्द गराएको थियो । 

तर आईह्याट र अपरेसन नर्थमूरका पूर्व जासूसहरूले फिल शाइनरका गतिविधिको बहाना बनाइएर फौजदारी अनुसन्धान बन्द गरिएको बताएका छन् । आईह्याट वा अपरेसन नर्थमूरले अनुसन्धान गरेका कुनै पनि मुद्दामा अभियोजन गरिएन । 

तर बीबीसी पानोरामाले युद्धअपराध भनिएका मुद्दामा प्रमाणलाई पुनः जाँँच्दा बेलायती सैनिकहरूले नाजायज तरिकाले इराकीहरूको हत्या गरेको भेटेको छ ।

बीबीसीबाट
 

कमेन्ट गर्नुहोस्