बालुवाटार पुगेर सचिनले भेटे प्रधानमन्त्री ओली

फोटो : प्रधानमन्त्रीको ट्वीटबाट

भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।

युनिसेफको सद्भावना दूतकारूपमा युनिसेफकै कार्यक्रमअन्तर्गत नेपाल आएका तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका हुन् ।


Advertisement

भेटको फोटो तथा जानकारी प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्याण्डिलबाट समेत उपलब्ध गराइएको छ ।

हेर्नुहोस्, प्रधानमन्त्रीको ट्वीट :


Advertisement

 

शुक्रवार नेपाल आइपुगेका सचिनले शनिवार कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेर बालबालिकासँग क्रिकेट खेलेका थिए ।

आइतवार बिहान सचिन दर्शनका लागि पशुपति मन्दिर पनि पुगेका थिए ।

कमेन्ट गर्नुहोस्