×

NMB BANK
NIC ASIA

उपेक्षामा अपांगता भएका व्यक्ति !

अपांगता भएका व्यक्तिको पहुँचबाहिर प्रदेश सरकार, मन्त्रालयहरूमा सक्दैनन् जान

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारका प्रायः संरचना अपांगतामैत्री बन्न सकेका छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयल, प्रदेश सभा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायतका संरचनामा अपांगता भएका व्यक्तिहरूको पहुँच नरहेको गुनासो बढ्न थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सरकारी तथ्यांकअनुसार प्रदेशभित्रका १० जिल्लामा ५० हजारभन्दा बढी अपांगता भएका व्यक्ति बसोवास गर्दै आइरहेका छन्, जुन जम्मा जनसंख्याको ३ प्रतिशतभन्दा बढी हो ।


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेशमा अपांगता भएका व्यक्तिका लागि चालू आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा केही बढी रकम विनियोजन गरिएको छ ।

Vianet communication
Laxmi Bank

प्रदेश सरकारका विभिन्न मन्त्रालयले कर्णालीमा अपांगता भएका व्यक्तिहरूका लागि करोडौं बजेट बिनियोजन गरेका छन् ।

अपांगता भएका बाल– बालिका, पुरुष तथा महिलाहरूको क्षमता विस्तार, तालिम, सामाग्री, अपांगतामैत्री शौचालय निर्माण तथा वितरण गर्न भन्दै सरकारको सामाजिक विकास मन्त्रालयले ९ करोड ४७ लाख रुपैयाँ चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।

मन्त्रालयका अनुसार विनियोजन गरिएको बजेटबाट उनीहरूका मागअनुसार क्षमता अभिवृद्धि सँगै अपांगमैत्री संरचना निर्माण गरिने जनाइएको छ ।

केही महिनाअघि विभिन्न जिल्लाका अपांगता भएका व्यक्तिहरूले कर्णाली प्रदेशका सबै सार्वजानिक स्थलमा अपांगमैत्री संरचना निर्माण गर्नुपर्ने मागसहित आन्दोलन गरेका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रीसामु आफ्ना माग राख्न मन्त्रालयको सिँढी तगारो बनेको भन्दै उनीहरू कुटो–कोदालो लिएर सांकेतिकरूपमा मन्त्रालयको सिँढी फोड्न पुगेका थिए ।

प्रहरी र मन्त्रालयका कर्मचारीहरूप्रति निकै आक्रोशित उनीहरूले पर्चा–पम्पलेट वितरण र नाराबाजी समेत गरे ।

मन्त्रालय परिसरमा तोडफोड गरेको भन्दै प्रहरीले जवरजस्ती उनीहरूलाई ह्विलचियर जस्ता सहायक सामग्रीसहित गाडीमा राखेर जिल्ला प्रहरी कार्यालयमा लग्यो ।

त्यसक्रममा उनीहरूले न मन्त्रीसँग आफ्ना कुरा राख्न पाए, न त पछि नै मन्त्रीले भेटे ।

अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको बजेटबाट निर्माण गरिएका कुनैपनि संरचना अपांगमैत्री नभएको गुनासो अपांगता भएका व्यक्तिहरूको छ ।

उनीहरूले कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले द्वन्द्वपीडित व्यक्तिहरूका लागि वितरण गरेको दुई करोड रकम समावेशी नभएको आरोप समेत लगाए ।

दैलेखका कृष्णप्रसाद आचार्य अहिले पनि त्यस्तै अवस्था दोहोरिने आशंका गर्छन् ।

‘पहुँचवालाहरूका लागि केही समस्या छैन । हामीहरूको अवस्था उस्तै हो,’ उनले भने, ‘बजेट त वर्षैपिच्छे आँउछ, हाम्रो लागि केही वास्ता हुँदैन । न त्यो रकम पारदर्शी तरिकाले सदुपयोग हुन्छ, न त अपांगमैत्री संरचना बन्छन् ।’

अपांगमैत्री संरचना निर्माण गर्नुपर्ने, सबै अपांगता भएका व्यक्तिलाई समान सेवासुविधा उपलब्ध गराउनुपर्ने जस्ता माग जतिपटक राख्दा पनि सम्बोधन नभएको भन्दै दैलेखका खगेन्द्र शाहीले निराशा व्यक्त गरे ।

कर्णाली प्रदेशको राजधानी जस्तो ठाउँमा एउटा पनि अपांगमैत्री संरचना नहुँदा आफूहरूले आन्दोलन गर्नुपरेको उनको गुनासो छ ।

प्रदेश सरकारले अपांगता भएका व्यक्तिहरूलाई बेवास्ता गरेको आरोप समेत उनले लगाए । 

नीतिनिर्माण लगायत सबैतिर आफूहरूलाई बेवास्ता गरिएको उनीहरूको आक्रोश छ ।

नेपाल युवा संस्था सञ्जाल आयोनले कर्णाली सरकारले तयार गरेको स्वास्थ्य नीतिको ड्राफ्टमा अपांगता भएका व्यक्तिहरूको चरम बेवास्ता गरिएको जनाएको थियो ।

यता कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले भवनहरू पुरानो भएका कारण ती संरचनामा परिवर्तन गर्न कठिनाई भएको बताइन् । 

‘हामीले नयाँ बनाउने हरेक संरचना अपांगमैत्री बनाइरहेका छौं,’ मन्त्री केसीले भनिन्, ‘पुराना संरचना भएको र तोडफोड गर्दा पनि सहजै बनाउन नसकिने भएका कारण हामीले ती संरचनामा परिवर्तन गर्न सकेका छैनौं ।’

नयाँ भवनहरू निर्माण गर्दा अपांगमैत्री बनाइने उनको भनाइ छ । ‘प्रदेश सरकारले मन्त्रालयका भवनहरु निर्माण गर्दा आगामी दिनमा अपांगमैत्री भवन बनाउने गरी हामी अघि बढछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x