नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, पोखरेल अनुपस्थित

फाइल फोटो

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बसिरहेको छ ।

बैठक अपरान्ह साढे चार बजे शुरू भएको थियो ।


Advertisement

बैठकमा पार्टी एकताका बाँकी कामसँगै स्थायी कमिटी बैठक बोलाउने सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।


Advertisement

बैठकमा रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल भने सहभागी छैनन् ।

युएईका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा उपप्रधानमन्त्री पोखरेल शनिबार युएई भ्रमणमा छन् ।

 

 

कमेन्ट गर्नुहोस्