चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या हुँदा हुँदै पनि भेट हुन पाएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।
नेपालको दुई दिने भ्रमणमा आएका तेन्दुलकरले आइतवार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै तेन्दुलकरले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको शुभकामनासमेत दिएका छन् ।
‘श्री ओलीजी, म तपाईलाई चाँडो निको होस् भन्ने चाहन्छु,’ उनले ट्वीट गर्दै लेखेका छन्, ‘नेपालको न्यायो मायाले मलाई छोएको अनुभव गरेको छु ।’
Thank you for meeting me despite health issues @PM_Nepal Shri Oli ji, I wish you a speedy recovery.
— Sachin Tendulkar (@sachin_rt) November 17, 2019
I feel touched by the love and warmth received in Nepal.
Like the beautiful lamp you gifted - may there be brightness, happiness & prosperity all over the world.@unicef_nepal https://t.co/NVQ5mVgnFl
लोकान्तर संवाददाता