शिवम सिमेन्टसले गर्यो आफ्ना डिलरहरूलाई सम्मान

शिवम सिमेन्टसले आफ्ना उत्कृष्ट डिलरमध्ये ३७ जनालाई विभिन्न विधामा अवार्डहरूबाट सम्मान गरेको छ । गत शुक्रवार र शनिवार राजधानीमा शिवम कृति समारोह २०७६ आयोजना गरेको शिवम सिमेन्टसले आफ्ना डिलरहरूलाई विभिन्न विधाहरूमा अवार्डले सम्मानित गरेको हो ।

समारोहको पहिलो दिन कोर इस्ट जोनका डिलरहरूलाई त्रिनेत्र, प्रगति, परमवीर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम रिजनल डाइमण्ड, गोल्ड, सिल्भर तथा दोस्रो दिन सेन्ट्रल वेस्ट जोनका डिलरहरूलाई रिजनल अवार्डहरूबाट सम्मानित गरेको हो ।


Advertisement

समारोहमा नेपालका चर्चित कलाकारका साथै भारतीय ख्यातिप्राप्त कलाकार राजु श्रीवास्तवसमेतले प्रस्तुती दिएका थिए । समारोहमा नेपालका डिलरहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिवम सिमेन्टसका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आपसी सद्भाव, समझदारी र सहकार्यबाट नै आज शिवम सिमेन्टसले सिमेन्ट जगतमा यो स्थान पाउन सफल भएको प्रतिक्रिया दिए । आगामी दिनहरूमा यो सम्बन्धलाई अझै दिगो रूपमा प्रस्तुत गर्दै शिवम सिमेन्टसले आफूलाई सधैं नम्बर वानको स्थितिमा राख्न पहल गर्ने गोयलले बताए ।


Advertisement

समारोहमा उपस्थित डिलरहरूले यस्ता समारोह कार्यक्रमहरूले व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्योगी व्यापारीहरूलाई थप हौसला प्रदान गर्ने धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्