सैनिक श्रीमती संघको आयोजनामा पुस्तक विमोचन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम सम्पन्‍न

जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सैनिक श्रीमती संघद्वारा आयोजित कार्यक्रम सम्पन्‍न भएको छ ।

सैनिक श्रीमती संघको ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रमको अवसरमा सेवा सुमन ३६औं अंक पुस्तकको बिमोचन तथा उक्त पुस्तकको उत्कृष्ट लेख रचना एवं सहयोगीहरुलाई प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो ।


Advertisement

कार्यक्रममा संघकी अध्यक्ष दिपा थापाले स्वागत मन्तव्य राख्‍नुका साथै संघको आगामी कार्य योजना प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा संघका पदाधिकारीहरु, रथीवृन्द, अधिकृत पाहुनावर्ग लगायत सकलदर्जाको समेत उपस्थिति रहेको थियो ।  

सैनिक व्यक्तिका परिवारहरुको शैक्षिक, सामाजिक, आर्थिक सशक्तिकरण, मानविय सेवा लगायत समग्र विकासका कार्यहरु सञ्‍चालन गर्ने उद्देश्यका साथ सैनिक श्रीमती संघको स्थापना भएको हो ।


Advertisement

साथै उक्त संघले मुनाफा रहित जनहितकारी सामाजिक कार्यहरु जस्तै रक्तदान, वृक्षारोपण, पर्यावरणको सुरक्षा, प्राकृतिक प्रकोप वा अन्य संकटको बेलामा उद्दार तथा राहत वितरण कार्य तथा समाजिक विकृतीहरु उन्मूलन गर्ने जस्ता कार्यहरु समेत गर्दै आइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्