पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार समयसमयमा रेष्टुरेन्ट, नाइट क्लव तथा धार्मिक यात्रामा देखिइरहन्छन् ।
हालै उनी र उनको परिवार ठमेलको नाइट क्लब पुगेका छन् । उनले ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर खानपिन मात्र गरेनन् उपस्थितहरुसँग ‘रातो र चन्द्र सूर्य’ गीतमा रोचक डान्स पनि गरे ।
पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । उनले पनि नाचेर शुभेच्छुकहरूलाई मनोरञ्जन दिलाइन् ।
कोमल बाहेक ज्ञानेन्द्र परिवारका अन्य सदस्य पनि क्लबमा पुगेका थिए । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।
सामाजिक सञ्जालमा अहिले पूव राजा र हिमानी नाचेकाे भिडियो भाइरल भइरहेकाे छ ।
लोकान्तर संवाददाता