शरद बोबडे बने भारतका नयाँ प्रधानन्यायाधीश

भारतको सर्वोच्च अदालतका न्यायाधीश शरद अरविन्द बोबडेले भारतका ४७औं न्यायाधीशका रूपमा सोमवार शपथ लिएका छन् । 

राष्ट्रपति रामनाथ कोविन्दले न्यायाधीश बोबडेलाई प्रधानन्यायाधीशको पदको शपथ दिलाए । आइतवार सेवानिवृत्त भएका पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोईले नै न्यायाधीश बोबडेको नाम सिफारिश गरेका थिए । 


Advertisement

प्रधानन्यायाधीशका रूपमा बोबडेले १८ महिना काम गर्नेछन् । हालै अयोध्याको रामजन्मभूमि बाबरी मस्जिद विवाद फैसलाको इजलासमा न्यायाधीश बोबडे पनि थिए । 


Advertisement

प्रधानन्यायाधीश बनेपछि बोबडेले धेरैथरी ठूला फैसला लिनुपर्नेछ । अयोध्या फैसलामाथि पुनरवलोकनका लागि हालै निवेदन पर्ने भएको छ । अनि सबरीमाला विवादलाई बृहद् इजलासमा पठाइएको छ र प्रधानन्यायाधीशका रूपमा बोबडे इजलासमा रहनेछन् । 

बोबडेको जन्म सन् १९५६ को अप्रिल २४ मा नागपुरमा भएको हो । उनले नागपुर विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका हुन् । उनी सन् २०१३ को अप्रिल १२ मा सर्वोच्च अदालतका न्यायाधीश बनेका हुन् । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्