मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
दैलेखको श्रीस्थान र नाभिस्थानमा पेट्रोलियम पदार्थ प्राप्त हुनसक्ने सम्भावित ठाउँको छनोटपश्चात् पेट्रोलियम पदार्थ अन्वेषणको प्रारम्भिक कार्य अगाडि बढेको छ ।
पादुकास्थान क्षेत्रमा बग्ने पादुकाखोलामा पाइने पेट्रोलियम पदार्थको मात्रा, श्रीस्थान मन्दिरमा अखण्ड रुपमा बल्ने ग्यासको दीयो र अन्य पेट्रोलियम पदार्थ पाइन सक्ने प्राकृतिक संकेतलाई आधार बनाएर पेट्रोलियम पदार्थको अन्वेषण गर्ने कार्य थालिएको हो ।
चिनियाँ जियोलोजिकल सर्वे र भूगर्भ विभागले सन् २०१९ फेब्रुअरीदेखि प्रारम्भिक अनुसन्धान गरेर दैलेखको श्रीस्थान र नाभिस्थान क्षेत्रमा अन्वेषण गर्ने क्षेत्र निर्धारण गरिसकेका थिए ।
सम्भावित क्षेत्रको चट्टानको अध्ययनको लागि साइसामिक सर्वे र म्याग्नेटो टेलोमिक सर्वेको काम अगाडि बढाइएको छ । दुवै प्रकारका सर्वे गर्ने काम सँगसँगै अगाडि बढाइएको भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधिर रजौरेले बताए ।
साइसामिक सर्वेबाट जमिनमा कम्पन सिर्जना गरेर जमिनको अवस्थाबारे तथ्यांक रेकर्ड गर्ने काम गरिन्छ भने म्याग्नेटो टेलोमिक सर्वेबाट जमिनमा रहेको प्राकृतिक करेन्टको माध्यमबाट जमिनको अवस्था अध्ययन गर्ने विधिमार्फत गरिने परियोजना प्रमुख रजौरेले बताए ।
जमिनमा कम्पन सिर्जना गर्नको लागि सम्भावित भूगोलमा पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ सयौं वटा १०/१० मिटरका खाडल निर्माण गर्ने काम गरिँदैछ । अन्वेषण प्रमुख रजौरेका अनुसार भूगर्भ विभाग र चिनियाँ टोलीले जमिनमा १०/१० मिटरका खाडल बनाउने काम गरिरहेको छ । ‘७–८ मिटरको दूरीमा ती खाडल बनाइएका छन् । खाडलहरू बनाउने काम सकिएपछि विस्फोटक पदार्थको सहायताले खाडलहरूभित्र विस्फोट गराउने काम गरिन्छ,’ उनले भने ।
जमिनमुनि विस्फोट गराइसकेपछि त्यसबाट पैदा हुने कम्पनको माध्यमार्फत जमिनमुनिको चट्टानको अवस्थाबारे अनुसन्धान गर्ने बाटो अगाडि बढ्ने प्रमुख रजौरेले बताए । ‘विस्फोट गराउने काम सकिएपछि तथ्यांक संकलन हुन्छ । जमिनमा रहेको म्याग्नेटो टेलोमिक सर्वेको माध्यमबाट पनि जमिनको अवस्थाको तथ्यांक संकलन गर्ने काम साथसाथै हुन्छ,’ उनले भने, ‘संकलित तथ्यांकहरूमाथि विश्लेषण र छलफल गरेर निष्कर्षमा पुग्न हामीलाई कम्तिमा ७–८ महिना समय लाग्छ ।’
प्रारम्भिक सर्वेको काम सकिएपछि मात्रै जमिनमा ड्रील गर्ने कार्य अगाडि बढ्ने प्रमुख रजौरेले बताए । ‘जमिनमा साढे ४ किलोमिटर गहिराइसम्म ड्रील गर्ने काम गरिन्छ । सो पश्चात मात्रै थाहा हुन्छ कि सम्बन्धित क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार कति छ भन्ने कुरा,’ उनले भने ।
विश्वको तथ्यांकलाई केलाउँदा पेट्रोलियम पदार्थ पाइने अनुमान गरिएको क्षेत्रमा अन्वेषण गर्दा १० प्रतिशत मात्रै सफलता प्राप्त भएको देखिएको उनले बताए । उनका अनुसार हाल ५० जना चिनियाँ र ६ जना भूगर्भ विभागका प्राविधिक सम्भावित क्षेत्रमा अन्वेषणको लागि खटिएका छन् । ‘अन्वेषण कार्यमा आवश्यकता अनुसार स्थानीयलाई पनि परिचालन गरिएको छ,’ उनले भने ।
प्रधानमन्त्री केपी ओलीको २०७२ सालमा भएको चीन भ्रमणको क्रममा चीनले नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने समझदारी गरेको थियो । समझदारी अनुसार भूगर्भ विभाग र चिनियाँ जियोलोजिकल सर्वेबीच संयुक्त रुपमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने कार्यको सम्झौता भएको थियो ।
सम्झौता बमोजिम सन् २०१९ फेब्रुअरीबाट अन्वेषण कार्य तीव्र रुपमा भइरहेको विभागले जनाएको छ । अन्वेषण गर्दा लाग्ने सम्पूर्ण खर्च अनुदानको रुपमा चिनियाँ पक्षले नै व्यहोर्ने विभागले जनाएको छ ।
यसअघि तराईका विभिन्न ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने जिम्मेवारी लिएका नेदरल्याण्ड, इटली लगायत देशका संस्थाले समयमा काम नगरेपछि ती क्षेत्रमा अनुसन्धान गर्ने कार्य स्थगित भएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...