भस्मे डन नामले चर्चित नायक विपिन कार्कीलाई पूत्रीलाभ भएको छ । नायक कार्कीले फेसबूकमार्फत उक्त कुराको जानकारी गराएका छन् ।
'उनी हाम्रो माया र बन्धनको पहिलो सिर्जना हुन्,' छोरीसँगको तस्वीरसँगै कार्कीले फेसबूकमा लेखेका छन् ।
पशुपति प्रसाद नामक चलचित्रमा भस्मेडनको भूमिका खेलेका कार्कीलाई उक्त भूमिकामा दर्शकले खुबै रुचाएका थिए ।
त्यसपछि उनले धेरै नै फिल्म खेलिसके र चर्चित पनि भए, तर भस्मे डनको ट्याग भने उनीबाट हटेको छैन ।
लोकान्तर संवाददाता