मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोंगले 'साउथ एसिया बेस्ट क्यासिनो क्यासिनो अवार्ड' प्राप्त गरेको छ ।
भारतका पर्यटन मन्त्री प्रल्हाद सिंह पटेल र सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री रामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट कम्पनीका जनरल म्यानेजर अमूल्यविक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
पर्यटन तथा आतिथ्य उद्योगको सर्वाेत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटनसम्बन्धी डकुमेन्ट्री समेत प्रस्तुत गरेको थियो ।
क्यासिनो माजोंगले नेपाल भ्रमण वर्ष २०२० को लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ, साथै क्यासिनो माजोंगले नेपालगञ्जजस्थित होटेल सोल्टीमा पनि क्यासिनो सञ्चालन गरेको छ ।
२०६९ पौष १२ मा क्यासिनो माजोंग सोल्टी होटलको परिसरमा सञ्चालनमा आएको महाजोंग क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड चुक्ता शेयर पूँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रा.लि. आफैंले क्यासिनो सञ्चालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटलको परिसरमा क्यासिनो सञ्चालन गर्दै आएको छ ।
यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ । र कुनैपनि राजश्व रकम बुझाउन बाँकी छैन ।
यस क्यासिनोमा करार र दैनिक ज्यालादारी समेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष रोजगारी र आश्रित हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशत भन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडीहरू हवाई मार्गबाट आउने हुँदा क्यासिनोको योगदान होटल व्यावसाय तर्फ मात्र नभई वायुसेवा व्यवसाय तर्फ पनि उत्तिकै रहेको छ ।
आधुनिक सामाग्रीहरूको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रेसन सेन्टर सञ्चालन गरी विदेशी मुद्रासमेत आर्जन गरी राष्ट्र निर्माणमा टेवा पुर्याउनु यसको लक्ष्य रहेको छ ।
हेर्नुहोस्, प्रमाणपत्र :
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...