×

NMB BANK
NIC ASIA

मन्त्रिमण्डल पुनर्गठनको तयारी

मन्त्री फेरिने हल्लासँगै दौडधूपमा नेता र मन्त्रीहरू: 'बालुवाटार टु खुमलटार' म्याराथन रेस !

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मन्त्रिमण्डल पुनर्गठनको चर्चासँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूको भेटघाट र चहलपहल तीव्र बनेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सोमवार बिहानैदेखि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा नेताहरूको जमघट भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार साँझ बसेको नेकपाको सचिवालय बैठकमा अनौपचारिक रूपमै भएपनि मन्त्रिमण्डल पुनर्गठनको विषय उठेको थियो ।


Advertisment
Nabil box
Kumari

सोमवार साँझसम्म हट्ने र नयाँ जिम्मेवारी लिनेको नामावली टुंगिने अनुमान गरिएको छ ।

Vianet communication
Laxmi Bank

बिहान ८ बजे पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

प्रचण्ड र नेपालबीच बदलिँदो राजनीतिक घटनाक्रम, मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल भएको खुमलटार स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार मन्त्रिमण्डल फेरबदलमा नेता नेपालले आफ्नो भूमिकालाई मिनिमाइज गरिए सह्य नहुने आशयसहित प्रचण्डलाई सजग गराउन खोजेका थिए ।

दुई पूर्वप्रधानमन्त्रीको भेटवार्तामा प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए ।

प्रचण्डलाई भेट्न जिम्मेवारीबाट हट्ने चर्चा चलेका केही मन्त्री सोमवारबिहानै खुमलटार पुगेका थिए । तर मन्त्रीहरूले नेता नेपाल र अध्यक्ष प्रचण्डसँग सामूहिक भेटघाट भने नगरेको स्रोतको दाबी छ । 

यता सोमवार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रूमबाट ‘माथिल्लो त्रिशूली थ्री ए जलविद्युत्’ आयोजनाको उद्घाटन गरेर प्रधानमन्त्री ओली बालुवाटार नफर्किंदै नेकपाका केही नेता र मन्त्रीहरूको जमघट बालुवाटारमा भइसकेको थियो ।

'मन्त्री र नेताहरू आउनेजाने क्रम बिहानैदेखिको हो,' बालुवाटार स्रोतले लोकान्तरसँग भन्यो ।' यद्यपि को–को मन्त्री प्रधानमन्त्रीलाई भेट्न गए भन्ने विषयलाई स्रोतले खुलाउन चाहेन ।

दुई अध्यक्षबीच साँझ ५ बजे भेटघाट हुने कार्यक्रम तय भएको छ । अध्यक्षद्वयको भेटघाटमा हटाउने र नयाँ ल्याउने मन्त्रीको अन्तिम नामावली टुंगो लगाइने स्रोतको दाबी छ ।

लोकान्तरसँगको कुराकानीमा केही मन्त्रीले महिनौंदेखि आफूहरू हट्ने चर्चा चलेको भन्दै त्यसले मनोवैज्ञानिक त्रास सिर्जना भएको दुखेसो पोखेका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले आफूलाई मनोवैज्ञानिक रूपमा अप्ठ्यारो परिरहेको गुनासो लोकान्तरसँग गरिन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पनि यस्तो हल्लाले मन्त्रालयको काम कारवाहीमा नै असर पर्न सक्ने गुनासो गरेका छन् ।

'मलाई टिकाइदिनुस् भनेर म कुनै नेताकोमा जाने गरेको छैन,' यादवको भनाइ उद्धृत गर्दै उनको सचिवालयका एक कर्मचारीले भने, 'मैले काम गर्न शुरू गरेदेखि मलाई सहयोग प्राप्त भएको छैन । केही समयअघि प्रधानमन्त्रीलाई राजीनामा दिने सोच बनाएको थिएँ तर उहाँले नै कन्टिन्यू गर्नुस् भनेपछि बसिरहेको अवस्था हो । तर केही समयदेखि निरन्तर चलेको हल्लाले मन्त्रालयको काम कारवाही नै प्रभावित पर्न सक्ने देखिएको छ ।'

अन्य केही मन्त्री मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय हल्लामात्र भएको दाबी गरेपनि दौडधूपमा छन् ।

यातायातमन्त्री रघुवीर महासेठले केही दिनअघि सार्वजनिक मञ्चमै मन्त्रिमण्डल हेरफेर हुने कुरा हल्लामात्र भएको बताएका थिए । तर स्रोतका अनुसार उनले सोमवार बिहान प्रचण्डलाई भेटेर आफूलाई थमौती गरिदिन अनुरोध गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x