×

NMB BANK
NIC ASIA

वडाध्यक्ष उपनिर्वाचन : कांग्रेस बर्चस्व जोगाउने र नेकपा एकताको प्रभाव देखाउने दौडमा

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई ठूला दलहरूले राजनीतिक प्रतिष्ठाको सवाल बनाएका छन् ।

Muktinath Bank

प्रमुख २ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस वडाध्यक्षको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएर निर्वाचन प्रचारप्रसारमा खटिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसलाई पुरानो बर्चस्व जोगाउन र नेकपालाई पार्टी एकीकरणपछिको प्रभाव देखाउन दुवै पार्टी योजनाबद्ध तरिकाले लागेका छन् । वडाध्यक्षका उम्मेदवारको निर्वाचन प्रचारका लागि नेकपाले पार्टी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चुनावीसभा आयोजना गरेको छ ।


Advertisment
Nabil box
Kumari

चुनावी गतिविधिलाई प्रभावकारी बनाउन पार्टी अध्यक्ष दाहालको उपस्थितिमा चुनावीसभा गरिएको नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिए । उनी नगर प्रमुखसहित बहुमत वडामा नेकपाको जीत भएको र अहिले पार्टी एकीकरणले उपनिर्वाचनमा नेकपाको जीत हुने दाबी गर्छन् ।

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसले निर्वाचन कार्यालय स्थापना गरी चुनाव प्रचारप्रसारमा लागेको पार्टीका कोहलपुर नगरपालिका सचिव भूम भण्डारीले बताए । उनले वडा नम्बर ६ नेपाली कांग्रेसको ईलाका भएकाले यो उपनिर्वाचनमा पनि जित सुनिश्चित भएको उल्लेख गरे । 

वडाध्यक्षको निर्वाचनका लागि नेकपाले रामशरण थारुलाई उम्मेदवार चयन गरेको छ भने नेपाली कांग्रेसले कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले विगतको विरासत जोगाउन लागिरहेको छ भने नेकपाले जीत आफ्नो पक्षमा पार्ने दाउमा छ ।

वडामा राजनीतिक प्रभाव राख्ने कार्यकर्तालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू लागिपरेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातामा पनि कसलाई मत दिने भन्ने कौतुहलता बढ्न थालेको छ ।

अघिल्लो निर्वाचनमा १ हजार ९६४ जना मतदाता रहेकामा हाल बढेर मतदाताको संख्या २ हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामसोहनले ४२४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका श्रीराम थारुले ३५२ मत प्राप्त गरेका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २७३, राप्रपाका नेबबहादुर वलीले ८७ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले ५६ मत प्राप्त गरेका थिए ।

विक्रम संवत् २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका रामसोहन थारुको २०७५ मंसिर ९ गते निधन भएको थियो । कोहलपुर नगरपालिकाको वडा नम्बर ६ अहिले कार्यवाहक अध्यक्षको भरमा चल्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x