कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।
गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको बिहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको थियो ।
घटना भएको करीब २ सातापछि सिरहा प्रहरीले झाँक्री यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी ३८ वर्षीय फुलगेन साह, निजको भतिजो मिर्चैया नगरपालिका–४ निवासी जितेन साह, १९ वर्षीय रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका–६ सरुवामडा निवासी २५ वर्षीय अजय महतो र २१ वर्षीय राजलाल महतोलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।
झाँक्रीको काम गर्दै आएका यादवको केही समयअघि फुलगेन साहसँग चिनजान भएको र फुलगेनकै माध्यमबाट अन्य व्यक्तिसँग पनि झाँक्री यादवको चिनजान भएको थियो । सो क्रममा ती व्यक्तिसँग यादवले भूतप्रेत भगाउन झारफुक गरिदिन्छु भन्दै पैसा लिएको तर बिरामी निको हुनुको साटो झन् समस्या बढेको गुनासो आएको प्रहरीले जनाएको छ ।
चिनजानकै क्रममा फुलगेन साह तथा झाँक्री यादवबीच केही रकम लेनदेन भएको र झाँक्रीले फुलगेनसँग लिएको रकम फिर्ता माग्दा उल्टै झाँक्री यादवले फुलगेनलाई ज्यान मार्ने धम्की दिएपछि योजनाबद्ध तरिकाले ती पाँचै जना मिलेर झाँक्रीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
घटनालगत्तै गरिएको अनुसन्धानका क्रममा अभियुक्तले हत्यामा प्रयोग गरेको खुकुरीका साथै केही अन्य प्रमाण समेत फेला परेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...