एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सिराहा जिल्लाको सिराहा नगरपालिका ३ मखनाहाबाट मंसीर १ गते एपीएफ टोलीले ६ बोतल लागूऔषध कोरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा नगरपालिका १ बस्ने ३५ वर्षीय रंजित महरा छन् ।


Advertisement

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ गण हेक्वा सिराहाबाट खटिएको एपीएफ टोलीले महरालाई शंका लागि जाँच गर्दा उनको साथमा लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका महरालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाईएको एपीएफले जनाएको छ ।


Advertisement

 

कमेन्ट गर्नुहोस्