‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत गाउँपालिकामा अस्पताल

मकवानपुरको गढी गाउँपालिकाले डुम्रेकुनामा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीय उपचारबाट वञ्चित छन् । 


Advertisement

अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले डुम्रेकुनामा १३ कट्ठा जग्गा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए । संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो । गाउँपालिकाले यसका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘संघीय सरकारसँग बजेट माग गरेका छौं,’ हुमागाईंले भने, ‘अस्पताल निर्माण गर्न ५ करोड लाग्ने छ ।’


Advertisement

यसैबीच सो गाउँपालिकाको सिखरकटेरीस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएको छ ।

गाउँपालिकाले प्रयोगशाला सञ्चालनका लागि कर्मचारी खटाएको छ । प्रयोगशाला निर्माण गर्न वडा नम्बर २ कार्यालयले आर्थिक तथा राष्ट्रिय प्रयोगशाला काठमाडौंले उपकरण सहयोग गरेको छ ।

कमेन्ट गर्नुहोस्