सीमा मिचिएको भन्दै नेविसंघले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप, २१ जना हिरासतमा

नेपालको भूमि भारत र चीनले अतिक्रमण गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट भातृसंगठन नेपाल विद्यार्थी संघले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा राजधानीको बालाजु क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको हो ।


Advertisement

प्रहरीले नेविसंघका २१ नेता कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशिल भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।


Advertisement

नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी, मनाेज राना, प्रशान्त लामिछाने, महेश्वर पाैडेल, जगदिश थापा, ईश्वर थापा, ध्रुव अधिकारी, सन्तोष खलाल, भिम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्याय, अशोक क्षेत्री लगायतलाई प्रहरीले महानगरीय प्रहरी वृत्त बालाजुमा थुनामा राखेको छ ।

कमेन्ट गर्नुहोस्