जब रवीन्द्र मिश्रलाई गाडी धकेल्नु पर्ने अवस्था आइलाग्यो ...

मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचार प्रसारका लागि साझा पार्टीका संयोजक रवीन्द्र मिश्र यतिवेला कास्कीमा छन ।

कास्की २ मा हुने प्रतिनिधि सभा निर्वाचनमा साझा पार्टीकी उम्मेदवार रजनी केसीको प्रचारमा जुटेका छन संयोजक मिश्र । 


Advertisement

चुनाव प्रचारका लागि साझा पार्टीले लिएर हिडेको गाडी सोमवार बिच बाटोमै बिग्रीएर स्टार्ट बन्द भयो । त्यसपछि संयोजक मिश्र सहितका कार्यकर्ताले गाडी धकेलेर स्टार्ट गराए । 

'चुनावी अभियानमा खटिएको पार्टीको कमाण्डरले बाटैमा गाडी स्टार्ट नभए के गर्छ ? शायद यस्तै केही गर्छ' साझा पार्टीका केन्द्रीय सदस्य शरदराज पाठकले सामाजिक सञ्जाल ट्वीटरमा तस्वीर सहितको सन्देश लेखेका छन ।


Advertisement

कमेन्ट गर्नुहोस्