×

NMB BANK
NIC ASIA

नाफा बढाउन बै‌ंकहरूले ब्याजदरअन्तर बढाए, ब्याजदर बढ्ने संकेत

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उद्योगी व्यवसायीले उच्च ब्याजदरको चपेटामा परेको भनेर गुनासो गरिरहेको बेला बैंकरले ब्याजदर अझै बढ्नसक्ने बताएका छन्। वित्तीय प्रणालीमा लगानीयोग्य पैसाको अभाव चर्किन थालेको र कर्जा उठ्न ढिलाइ हुन लागेकाले ब्याजदर बढ्नसक्ने उनीहरूको भनाइ छ।

Muktinath Bank

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा पनि ब्याजदर बढ्नसक्ने सम्भावना देख्छन्। ‘अहिले ब्याजदर घट्न सक्ने सम्भावना छैन’, उनी भन्छन्, ‘सबै बैंकको सीसीडी रेसियो (निक्षेप र पुँजीमा कर्जाको अनुपात) माथिल्लो विन्दुमा पुगिसकेको छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा पनि गएको असार मसान्तको तुलनामा अहिले सीसीडी रेसियो ९० आधार विन्दु बढेर ७६.४२ प्रतिशत पुगेको छ। २८ मध्ये २० वाणिज्य बैंकको यस्तो अनुपात पछिल्लो तीन महिनामा बढेको देखिएको छ। यसको मतलव अधिकांश बैंकले थप कर्जा लगानी गर्न सक्ने क्षमता गुमाउँदै छन्। राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशतसम्म पुर्‍याउन पाउने व्यवस्था गरेको भए पनि ठूलो आकारका संस्थागत निक्षेप लिएका बैंकले त्यो स्तरसम्म कर्जा विस्तार गर्न सक्दैनन्।


Advertisment
Nabil box
Kumari

स्ट्याडर्डचार्टर्ड, नबिल, नेपाल इन्भेस्टमेन्ट, एभरेस्टजस्ता बैंकले ठूलो संस्थागत निक्षेप परिचालन गरेका छन्। यस्तै सरकारी स्वामित्वका नेपाल, राष्ट्रिय वाणिज्य, कृषि विकास बैंकको पनि कर्जा परिचालन क्षमता विगतदेखि नै कमजोर छ। उनीहरूको सीसीडी रेसियो कम हुन्छ। २१ वाणिज्य बैंकले यस्तो अनुपात असोज मसान्तमा ७५ प्रतिशतभन्दा माथि पुगिसकेको छ। अहिले थप कर्जा परिचालनको दर बढेकाले यस्तो अनुपात अझै चुलिएको बैंकर बताउँछन्।

Vianet communication
Laxmi Bank

ब्याजदरलाई सबैभन्दा बढी प्रभावित पार्ने बैंकको आधारदर (बेस रेट) पनि असार मसान्तको तुलनामा असोजसम्म ३ आधार विन्दुले बढेको छ।

यो वृद्धि निकै साँघुरो भए पनि बहुसंख्याक बैंकको आधारदर बढेको देखिएको छ। असोज मसान्तको तथ्यांकले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो लागतमा पैसा चलाउन पाएको देखाएको छ। सबैभन्दा महँगो लागतमा पैसा चलाउने बैंकचाहिँ सिभिल हो। यो तथ्यांकले ऋण चाहिनेले राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा दिँदा सस्तो ब्याजमा पाउन सक्ने देखिन्छ भन निक्षेप राख्दा सिभिल बैंकले बढी ब्याज दिने देखिन्छ।

 ब्याजदरअन्तर बढ्यो

बैंकर्स संघको तथ्यांकले पछिल्लो एक वर्षमा अधिकांश बैंकले आफ्नो नाफा बढाउन ब्याजदरअन्तर बढाएको देखिएको छ। राष्ट्र बैंकले निक्षेपकर्तालाई दिने र ऋणीसँग लिने ब्याजको अन्तर (स्प्रेड) घटाउने नीति अघिसारिरहेका बेला बैंकले भने यस्तो ‘मार्जिन’लाई अझै बढाएका हुन्। अघिल्लो वर्षको तुलनामा अहिले २८ मध्ये २० बैंकले स्प्रेड बढाएका छन्। यसैबीच बैंक अफ काठमान्डूले स्प्रेड सर्वाधिक १५४ आधार विन्दु बढाएको छ। माछापुच्छ्रे, प्राइम र एभरेस्ट बैंकले पनि १ सय आधारविन्दुभन्दा बढी दरमा स्प्रेड बढाएका छन्। साउनदेखि असोजसम्मा नै समग्र वाणिज्य बैंकको स्प्रेड दर ४८ आधारविन्दु बढेको छ। यसले बैंक अझै बढी नाफाको लोभमा रहेको देखिन्छ।

बैंकर भने लगानीयोग्य पैसाको अभाव भएकाले बैंकले ब्याजदरअन्तर बढाउन थालेको बताउँछन्। तर राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत बैंकलाई आगामी असार मसान्तसम्म स्प्रेड दर ४.४ प्रतिशतमा झार्न निर्देशन दिएको छ। जबकी, अहिलेसम्म जम्मा ५ वटा बैंकलेमात्रै उक्त लक्षित सीमाभित्र स्प्रेड झार्न सकेका छन्। अहिले पनि राष्ट्रिय वाणिज्य बैंकको स्प्रेड दर ५.९६ प्रतिशत छ। स्यान्डर्डचार्टर्ड, हिमालयन, कृषि विकास, एभरेस्टलगायत १३ बैंकको स्प्रेड ५ प्रतिशतभन्दा बढी छ। तर केही बैंकर भने राष्ट्र बैंकले नै यसरी स्प्रेड बढाएर नाफा कमाउने चोरबाटो खोलिदिएको बताउँछन्। ‘गएको असारमै ५ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था थियो’, ती बैंकर भन्छन्, ‘यो वर्षको मौद्रिक नीतिले आउँदो असारसम्म साढे ४ प्रतिशतमा झार्न पाउने व्यवस्था गर्‍यो तर अहिले कति हुनुपर्ने भन्ने सीमा तोकेन।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x