सञ्चित कोष ३२ अर्ब बचतमा

संघीय सरकारको सञ्चित कोष (ट्रेजरी) बचतमा देखिएको छ। सरकारले खर्च गर्न नसक्दा सञ्चित कोष बचतमा गएको हो।

महालेखा नियन्त्रकको चालु आर्थिक वर्षको चौमासिक प्रतिवेदनअनुसार यस अवधिमा सरकारको ट्रेजरी अवस्था ३२ अर्ब ८९ करोड रुपैयाँ बचतमा छ। चार महिनामा सरकारले बजेट खर्च गर्न नसक्दा ठूलो रकम स्थिर देखिएको छ।


Advertisement

चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। पहिलो चौमासिकसम्ममा कुल बजेटको १४ दशमलव ७२ प्रतिशत अर्थात् २ खर्ब २५ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।


Advertisement

सरकारको सञ्चित कोष बचतमा हुनु वित्तीय अनुशासन पालना भएको मानिन्छ। तर, नेपाल जस्तो अतिकम विकासित मुलुकमा ट्रेजरी बचतमा हुँदा खर्च गर्ने क्षमतामा ह्रास आउँछ। आर्थिक वृद्धिका लागि विकास पूर्वाधार निर्माण अपरिहार्य भइरहेको समयमा खर्च नहुने परिपाटी सकारात्मक नभएको अर्थविद् बताउँछन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्