कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
असाध्यै रिसाएको वेलामा मानिसले आफूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । यही कारण रिसको आवेगमा ठूला–ठूला नराम्रा घटना भएको पनि सुनिन्छ । परिवारमा हुने झगडाको नकारात्मक असर प्रत्यक्ष रूपमा बच्चामा पर्न सक्छ ।चित्त नबुझेको कुरामा सामान्य रिस उठ्नु, तनाव हुनु मानवीय गुण पनि हो । तर, यस्तो रिसलाई समयमा नै व्यवस्थापन गर्न सकिएन भने जिन्दगीभर पश्चात्ताप गर्नुपर्ने पनि हुन सक्छ ।
रिस के हो ?
रिस एक प्रकारको भावनात्मक संवेग हो । सामान्यदेखि शक्तिशाली अवस्थासम्म पुग्न पनि रिसको ऊर्जाले सामथ्र्य राख्छ । रिस सधँै नकारात्मक मात्र हुन्छ भन्ने हुँदैन । रिसकै कारण कतिपय मानिसले आफ्नो सामथ्र्यको पहिचान गर्छ । यसले जुनसुकै प्रतिस्पर्धालाई पनि सामना गर्न सिकाउँछ ।
ऊर्जा चाहे रिसको होस् या प्रेमको, त्यसको सही व्यवस्थापन गर्न सकेमा सफलता प्राप्त गर्न सहज हुन्छ ।
रिसलाई बुझ्ने तरिका
रिसबाट बाहिर निस्कन खासै गाह्रो हुँदैन । यसलाई बुझ्न नसक्दा भने गम्भीर समस्या उत्पन्न हुन सक्छ ।
जब रिस उठ्छ हामी के गर्न सक्छौँ ?
रिसलाई दबाउन ।
रिसलाई पोख्न ।
रिसलाई होसपूर्वक हेर्न ।
रिसलाई दबाउनु पक्कै राम्रो होइन । यसले शारीरिक, मानसिक र भावनात्मक रूपमा असर पु¥याउँछ । रिसलाई पोख्नु त झनै राम्रो होइन । यसले त झन् भौतिक रूपमा असर पु-याउने काम गर्छ ।
जसलाई रिस पोख्छौँ झन् उसैसँग सम्बन्ध बिग्रन्छ । आफूलाई हानि हुने गरी भित्तामा हान्ने, काट्ने, पिट्नेजस्ता क्रियाकलापले आफ्नै शरीरलाई हानि हुन्छ । जब रिस स्खलित हुन्छ, तब फेरि पश्चात्तापभन्दा अरू केही हात लाग्दैन । त्यसैले रिसलाई न त दबाउनु राम्रो हो न त अरूसामु पोख्नु नै ।
सबैभन्दा उत्तम उपाय भनेको रिसलाई होसपूर्वक हेर्ने हो । रिस उठ्न लागेको थाहा पाउनासाथ पूरा होसमा बस्ने । म के गर्दै छु, के बोल्दै छु भन्ने बोध गर्ने । जब रिसलाई निष्काम भावले केही समय हेर्छौं, तब यो आफैँ केही हदसम्म कम हुन सक्छ । यसो गर्दा उक्त रिसको ऊर्जा रूपान्तरण भएर प्रेम, करुणा, क्षमामा परिवर्तन हुन्छ । कारण जस्तोसुकै होस्, त्यसले व्यक्तिमा कुनै बदलाव ल्याउँदैन । यसका लागि नियमित ध्यानको अभ्यास गर्नु अत्यन्त राम्रो हुन्छ ।
रिसले निम्त्याउने रोग
रिसले मानसिक, भावनात्मक समस्या मात्र नभई शारीरिक समस्या पनि निम्त्याउने गर्छ । टाउको दुख्ने, रक्तचाप, मुटुरोग, ग्यास्ट्रिक, कब्जियत, अपचजस्ता शारीरिक समस्या पनि रिसको कारण उत्पन्न हुन सक्छ ।
रिसको व्यवस्थापन
मलाई रिस उठेको छ भन्ने थाहा पाउनु जरुरी छ । वास्तवमा मान्छेले चरम रिसको अवस्थामा होससमेत गुमाएको हुन्छ । जसले गर्दा नराम्रो घटना भएको पनि पत्तो पाउँदैनन् । होसमा मान्छेले नराम्रो कार्य गर्न सक्दैन । जब रिस उठ्छ, सो समयमा चार–पाँचपटक गहिरो लामो श्वास लिने र छाड्ने बानी गर्नुपर्छ । यस्तो बानीको विकास गर्नाले रिस कम हुन्छ । रिस उठ्नासाथ तुरुन्त मनलाई अन्ततिर लान कोसिस गर्नुपर्छ । साथै, सो परिवेशबाट उम्कने कोसिस गर्नुपर्छ । योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीमा जोड्नु आवश्यक छ । साथै, मनोपरामर्शदातासँग परामर्श गर्नु पनि राम्रो हुन्छ ।
होलिस्टिक माइन्ड एन्ड लाइफ सेलिब्रेसन सेन्टरका मनोविज्ञ आदर्श प्रधानकाे याे लेख नयाँ पत्रिकामा प्रकाशित छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...