मन्त्रिमण्डल हेरफेरको समाचारबारे प्रचण्डको सचिवालयले निकाल्यो विज्ञप्ति

मन्त्रीमण्डल हेरफेरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच मतभेद बढेको भन्ने आशयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै सचिवालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित ती समाचार भ्रामक भएको जीकिर गरेको हाे । 


Advertisement

सचिवालयले विज्ञप्तीमा भनेको छ, 'हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।'


Advertisement

सचिवालयले मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेकोमा अध्यक्ष प्रचण्ड स्पस्ट रहेको समेत जनाएको छ । 

कमेन्ट गर्नुहोस्