स्यालले गर्‍यो चराहरूको शिकार (फोटो फीचर)

दक्षिण अफ्रिका र बोत्स्वानाको सीमामा रहेको कगलागादी निकुञ्जमा पानी पिउन आएका ग्राउज चराहरूलाई स्यालले आक्रमण गरेको छ । 

निकै बेरसम्म ढुकेर बसेको स्यालले चराहरूमाथि आक्रमण गरेको हो । 


Advertisement

फोटोग्राफर एलिज लाबुशान–हलले तातोमा एउटा कारभित्र लुकेर यसको तस्वीर खिचेकी हुन् । 


Advertisement

तस्वीरहरूमा स्याल चराको बथानमा बिस्तारै पसेको अनि उनीहरू पानी पिउन थाल्दा आक्रमण गरेको देखिन्छ । 

एलिजले भनिन्, ‘यो तस्वीर लिनका लागि मैले ३७ डिग्री सेल्सियस गर्मीमा कारभित्र तातो सहेर बस्नुपरेको थियो तर दुःखको प्रतिफल राम्रै पाइयो । यो निकुञ्ज स्यालकै क्षेत्र हो र र ऊ यसमा राज गर्छ । मैले उसलाई कैयौं दिनदेखि हेरिरहेको थिएँ र सबेरै उसले शिकार गरेको हेरें ।’

स्यालले चराहरूको शिकार गर्दा उनीहरू आत्तिएर उडेको दृश्य कारुणिक देखिन्छ ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्