मन्त्रिमण्डल पुनर्गठनको छलफल छाडेर प्रचण्ड राजधानीबाहिर !

फाइल फोटो

मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुट्न नसकेको चर्चाका बीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंगलवार विभिन्न कार्यक्रममा सहभागी हुन राजधानी बाहिर पुगेका छन ।

स्वर्गीय पुत्र प्रकाश दाहालको स्मृतिमा मंगलवार बिहान आफ्नै निवास खुमलटारमा भएको कार्यक्रममा सहभागी भएपछि प्रचण्ड भैरहवा पुगेका हुन् ।


Advertisement

उद्योग, व्यापार संगठन रूपन्देहीले आयोजना गरेको कार्यक्रममा सहभागरी हुन प्रचण्ड भैरहवा पुगेका प्रचण्डले कार्यक्रमलाई सम्बोधन पनि गरे ।


Advertisement

त्यसक्रममा प्रदेश ५ को राजधानी कहाँ हुने भन्ने सन्दर्भमा प्रचण्डले सबैलाई पायक पर्ने स्थानमा राजधानी बनाउनुपर्ने बताए । 

यसअघि मन्त्रिमण्डल पुनर्गठनको विषयालाई लिएर प्रधामनन्त्री केपी शर्मा ओलीले सोमवार साँझ लामो छलफल गरेका थिए ।

प्रचण्ड मंगलवार नै राजधानी फर्किने कार्यक्रम रहेको उनको सचिवालले जनाएको छ ।

पढ्नुहोस्, यो पनि :

मन्त्रिमण्डल हेरफेरको समाचारबारे प्रचण्डको सचिवालयले निकाल्यो विज्ञप्ति
 

कमेन्ट गर्नुहोस्