×

NMB BANK
NIC ASIA

जैविक भनेर विषादी हालिएको तयारी बिक्री वितरण !

मंसिर ३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर त्यसको नियन्त्रणको प्रयाससमेत जारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैले उपभोक्ता पनि साइनबोर्डमा जैविक नाम देखेपछि सामान किन्न त्यसतर्फ नै आकर्षित हुने गरेका छन् तर विडम्बना भन्नुपर्छ नेपालमा जैविक उत्पादनको भने मापदण्ड नै बन्न सकेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म नेपालमा जैविक उत्पादनको मापदण्ड नै नबनेको जनाएको छ । 


Advertisment
Nabil box
Kumari

विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले केही संस्थाले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा गरेको भएपनि नेपालको आधिकारिक रूपमा प्रमाणपत्र दिने संस्था नै नभएको बताइन् । उनले जैविक भनिएका वस्तुको व्यवस्थापनमा चुनौती रहेकोसमेत बताइन् ।

Vianet communication
Laxmi Bank

'अहिलेसम्म बिक्री भइरहेका जैविक भनिएका वस्तु जैविक पनि हुन सक्लान् तर त्यसलाई प्रमाणित नभएसम्म र प्रमाणपत्र नदिएसम्म जैविक भन्न मिल्दैन, यो स्वघोषित मात्रै हो, जैविकको नाममा हुने ठगीलाई कालोबजारी ऐनअन्तरगत कारवाही हुनसक्छ', महानिर्देशक वैद्यले भनिन् । उनले यो विभागको कार्यक्षेत्रमा समेत नपर्ने भएकाले धेरै ध्यान नदिएको समेत बताइन् ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीले परम्परागतरूपमा उत्पादन भएका वस्तुहरुलाई जैविक भन्ने चलन रहेको स्मरण गर्दै जैविक हुनका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने बताए ।

तीन वर्ष खेत बाँझो राखेको हुनुपर्ने, आफ्नो खेतभन्दा माथि अरुको खेत हुन नहुने, निश्चित क्षेत्रफल हुनुपर्ने, साँध सिमानासमेत मापदण्डअनुसारको खेतीबाली लगाएको हुनुपर्नेलगायत धेरै मापदण्ड पार गरेर मात्रै जैविक उत्पादन गर्न सकिने बताए ।

कतिपय व्यक्तिले कम्पनीमा दर्ता गर्दा नै जैविक नाम राखेकाले पनि समस्या रहेको विभागले जनाएको छ । विज्ञका अनुसार उत्पादित वस्तुको परीक्षण गरेर मात्रै पनि जैविक प्रमाणित गर्न सकिँदैन ।

अहिले खाद्य ऐन, २०२३ कार्यान्वयनमा छ । विभागले खाद्य ऐन र दाना ऐनको कार्यान्वयन गर्छ । प्रस्तावित नयाँ ऐन अहिले मन्त्रिपरिषद्मा पुगेको छ । नयाँ आउन लागेको खाद्य स्वच्छता तथा गुण नियन्त्रण ऐनमा भने किसानको बारीदेखि उपभोक्ताको टेबलमा आउँदासम्म कुन मापदण्डमा राख्ने र त्यसको प्रक्रिया के हुने भन्ने कुरासमेत समावेश गरिएको पुलामीले जानकारी दिए ।

नेपाली बजारमा झण्डै तीन हजार खाद्य वस्तु बिक्री वितरण हुने गरेको छ । तर नेपाल सरकारले अहिलेसम्म १२७ वस्तुको मात्रै मापदण्ड तोकेको छ । आवश्यकताको आधारमा केही मापदण्ड ल्याउने क्रममा रहेको तथा जीवनाषक विषादी, माइकोटक्सिनको सीमा निर्धारणको क्रममा रहेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिए ।

खाद्य ऐनको दफा ३ मा ‘दूषित खाद्य पदार्थ वा न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्न मनाही छ’ भन्ने उल्लेख छ । त्यसैलाई आधार मानेर विभागले खाद्य वस्तुको गुणस्तर परीक्षणको काम गर्दै आएको छ । 

दफा ३ विपरीतको कार्य गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ भने अन्य ऐन, नियम वा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई रु दश हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । नारायण ढुंगाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x