×

NMB BANK
NIC ASIA

विद्युत्‌मा बेथिति

प्रदेश राजधानीमै दिनभर बलिरहन्छ सडक बत्ती, विद्युत् चोरको बिगबिगी

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाम उपमहानगरका सडकमा दिउँसो पनि बिजुली बत्ती बलिरहेका हुन्छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरका कार्यालय प्रमुख रामप्रमोद साहले पोलमा बल्ब उपमहानगरले गरेको र स्वीच जडान नगरेका कारण वर्षौंदेखि रातदिन बल्ब बलिरहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दिउँसो अनावश्यक रुपमा बल्ब बल्दा बिजुलीको ऊर्जा खेर मात्र जादैन, नराम्रो सन्देश पनि प्रवाह भइरहेको छ,’ उनले भने । जनकपुरधाम उपमहानगरको जिन्सी फाँटका प्रमुख गणेश यादवले पोलमा स्वीच लगाउने काम शुरू गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षमा प्रत्येक वडामा १ सय पोलका लागि स्वीच किनेर जडान गर्न वडा कार्यालयमा पठाइसकिएको उनले बताए । ‘वडा कार्यालयमार्फत स्वीच जडान गरिने र पोल अगाडि रहेका घरधनीलाई बिहानै स्वीच बन्द गर्न लगाउने भनेर परिपत्र समेत गरिसकिएको छ,’ यादवले भने, ‘बजेट अभाव भएका कारण सबै पोलमा स्वीच लगाउन सकिएको छैन ।’ 

Vianet communication
Laxmi Bank

आगामी वर्षदेखि समेत नियमित रुपमा स्वीच लगाउँदै जाने उपमहानगरको कार्ययोजना रहेको उनको भनाइ छ । हालसम्म कुनै पनि पोलमा स्वीच लागेको देखिएको छैन ।

सडक बत्तीको करोडौं बक्यौता

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरमा उपमहानगरले सडक बत्तीबापत कात्तिकसम्म ७ करोड ८६ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ बक्यौता महसुस तिर्न बाँकी रहेको छ । सडक बत्ती बापतको महसुल बुझाउन पटक–पटक उपमहानगरलाई ताकेता गर्दा पनि हालसम्म भुक्तानी नगरिएको केन्द्र प्रमुख साहले बताए ।

प्राधिकरणले समेत उपमहानगरलाई बुझाउनुपर्ने घरजग्गा कर नबुझाएको उपमहानगरको आरोप छ । उपमहानगरको राजस्व फाँट प्रमुख परमेश झाले २०७३ सालमा मन्त्रालय स्तरमा हिसाब मिलान भइसक्दा समेत प्राधिकरणले शुरूदेखिकै महसुस जोडेको दाबी गरेका छन् । ‘प्राधिकरणले आफूखुशी शुरूदेखि नै बिजुली बिल जोडेर पठाउने गरेको छ,’ झाले भने, ‘फेरि कुनै दिन कुनै बिल, कुनै दिन कुनै अर्कै बिल समेत पठाउने गरेको छ ।’

आर्थिक वर्ष २०७३/०७४ देखि ०७६/०७७ सम्म प्राधिकरणले सम्पत्ति कर नै ७ लाख ३३ हजार १ सय ४६ रुपैयाँ उपमहानगरलाई तिर्न बाँकी रहेको उनले बताए । साधारण पोलबापत १ करोड २० लाख रुपैयाँ, ट्रान्सफर्मरबापत  १५ लाख रुपैयाँ, तार लाइनवापत १ लाख रुपैयाँ र थ्री फेज मिटर वापत २० लाख गरी २ करोड ४५ लाख १५ हजार ६ सय ४४ रुपैयाँ बुझाउन बाँकी रहेको छ ।

‘हामीले पटक–पटक प्राधिकरणलाई ती कर र महसुल बुझाउन पत्र काटिसकेका छौं तर प्राधिकरणले रकम भुक्तानी नै गरेको छैन,’ राजस्व फाँट प्रमुख झाले भने ।

प्राधिकरण प्रमुख साहले भने नेपालमा कहीँ पनि पोल, तार, ट्रान्सफर्मरको शुल्क तिर्ने प्रावधान नरहेको बताए । ‘पोल गाडेको वा तार रहेको वा ट्रान्सफर्मर जडान गरेको विषयमा सडक विभागले पो आपत्ति जनाउने हो,’ साहले भने, ‘तर त्यहाँबाट कुनै आपत्ति नै आएको छैन ।’ उपमहानगर र प्राधिकरण दुवै आ–आफ्नो तर्कमा अल्झिएका छन् । 

बिजुली चोरीको पनि भयावह रुप !

जनकपुरधाम उपमहानगरमा बिजुली चुहावटको समेत भयावह अवस्था छ । जनकपुरधाम उपमहानगरभित्र ३ किसिमको बिजुली चोरी देखिएको केन्द्र प्रमुख साहले बताए ।

‘पहिलो – मिटर नै जडान नगरेर बिजुलीको पोलमा रहेका तारमा आफ्नो घरको तार हुकिङ गरेर बिजुली चोरी गरिरहेका छन् । दोस्रो – मिटर जडान गरेर ग्राहक त बनेका छन् तर रातिको समयमा मिटरलाई बाईपास गरेर पोलमा घरको तार हुकिङ गरेर बिजुली चोर्ने गरेका छन् । तेस्रो – ग्राहकले आफ्नो घरमा जडान भएको मिटरको शिलबन्दीलाई उखेलेर नक्कली शिलबन्दी गरेर जतिसुकै बिजुली खपत भएपनि मिटरमा कम रिडिङ मात्र देखाउँछ,’ उनले भने ।

केही भीआईपी व्यक्ति तथा ग्राहकले समेत बिजुली चोरी गर्ने गरेको जनाइएको छ । जनकपुरधाम क्षेत्रका घरमा एसी जडान गरेर राति बिजुली चोरी गरेर एसी चलाउने गरिएको सूचना प्राप्त भएको केन्द्र प्रमुख साहले बताए । ‘त्यस्ता काम गर्ने ग्राहकहरूको घरमा छिट्टै ओप्रेसन चलाएर कारबाही गर्ने तयारी गरेका छौं,’ उनले भने ।

कर्मचारीकै मिलेमतोमा चोरी !

विद्युत् चोरीका लागि सक्कली मिटरको शिलबन्दी उखेलेर नक्कली मिटरको शिलबन्दी गर्ने काममा प्राधिकरणका कर्मचारी नै संलग्न हुने गरेको समेत पाइएको छ । ‘नियमित मिटर रिडिङ गर्न जाने कर्मचारीको ठाउँमा अर्को कर्मचारी मिटर रिडिङ गर्न जाँदा चोरी भइरहेको अर्काे तरिकाको रहस्य खुलेको हो,’ उनले भने ।

जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित ललिताकुमारी मण्डलको घरमा मिटर रिडिङ गर्न जाँदा सक्कली मिटरको शिलबन्दी उखेलेर नक्कली शिलबन्दी लगाएको भेटिएको हो । त्यसपछि प्राधिकरणले ग्राहकको बिजुलीको लाइन नै काटेर कारबाही अगाडि बढाएको थियो ।

विद्युत् लाइन काटिएपछि ग्राहक मण्डलले लिखित निवेदन दिँदै प्राधिकरणका कर्मचारीले आर्थिक प्रलोभन दिएर मिटरको अंक कम गरिदिने भनेर बताएपछि शिलबन्दी नक्कली राखिएको बताएकी थिइन् ।

वितरण केन्द्र जनकपुरका प्रमुख साह भने, ‘पछि ग्राहकसँग सोधपुछ गर्दा मिटर रिडिङ गर्न आउने कर्मचारी मुकेशकुमार यादवले नै मिटरको अंक मिलाइदिने प्रलोभन दिएपछि त्यसो गरिएको रहेछ ।’ असली अंकसहित जरिवाना समेत बुझाएपछि मण्डलको घरको लाइन पुनः जोडिएको छ । प्राधिकरणले कर्मचारी मुकेश यादवलाई समेत बर्खास्त गरेको छ ।

करारमा मिटर रिडिङ गर्नका लागि प्राधिकरणले यादवसहित धेरै व्यक्तिलाई रोजगारी दिएको थियो । यादवसहित त्यसरी अनियमितता गर्ने ४ जना कर्मचारीलाई कारबाही स्वरूप जागिरबाट हटाइएको उनले बताए ।

प्राधिकरणले कात्तिक २० देखि २६ गतेसम्म जनकपुर उपमहानगरभित्र बिजुलीको पोलमा हुकिङ गरेर बिजुली चोरी गरिरहेका ३८ जनालाई पक्राउ गरेर कारबाही गरिएको छ । १० हजार ५ सय ७० रुपैयाँ र ७ हजार ५ सय ९६ रुपैयाँ जरिवाना लिएर विद्युत् चोरी गर्नेलाई रिहा गरिएको छ । 

‘पक्की घरमा हुकिङ गर्नेलाई १० हजार ५ सय ७० रुपैयाँ र कच्ची घरमा हुकिङ गर्नेलाई ७ हजार ५ सय ९६ रुपैयाँ जरिवाना गरिएको हो,’ केन्द्र प्रमुख साहले भने, ‘पक्राउ परेका सबैले मिटर जडान समेत गरेका छन् ।’ 

राति १२ बजेदेखि ३ बजेसम्म बिजुली चोरी गर्नेको घरमा पुगेर छड्के जाँच अभियान सञ्चालन गरिएको उनले बताए । अभियान जारी नै रहने समेत उनले बताए । ‘जनकपुरमा विद्युत् चुहावट ३७ प्रतिशत छ,’ उनले भने, ‘कम्तिमा पनि २४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य अनुसार अभियान चलाइएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x