आलमबारे कांग्रेसको प्रतिक्रिया : 'कानूनबमोजिम हुने कुरामा सहयोग रहन्छ'

नेपाली कांग्रेसले आफ्ना सांसद आफ्ताब आलमका सम्बन्धमा कानूनबमोजिम हुने हरेक कुरामा आफूहरूको सहयोग रहने प्रतिबद्धता जनाएको छ ।

पार्टी मुख्यालय सानेपामा मंगलवार आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् ।


Advertisement

आलमका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा शर्माले भने– 'कानूनबमोजिम हुने कुरालाई सहयोग रहन्छ, समर्थन रहन्छ ।'

विधिको विषय जे छ, त्यसैअनुरूप कांग्रेस अघि बढ्ने उनको जिकिर छ ।


Advertisement

चुनावमा बुथ कब्जा गर्न आफैंले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेका कांग्रेस सांसद आलम जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आलमलाई नख्खु कारागारमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्