×

NMB BANK
NIC ASIA

उपनिर्वाचन २०७६ : प्रतिनिधि सभातर्फ एक मात्र क्षेत्र कास्की– २ मा के हुँदैछ ?

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको तिथि नजकिन थालेपछि चुनावी प्रचारप्रसारले तीव्रता लिएको छ । मतदातालाई आफ्नो पक्षमा आकर्षित पार्नका लागि घरदैलो कार्यक्रम, कोणसभा र सडकमा पार्टीका झण्डा र चुनाव चिह्न बोकेर कार्यकर्ता प्रचारप्रसारमा जुटेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कास्की क्षेत्र नं–२ को यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । प्रत्येक उम्मेदवार निर्वाचनमा जित्ने दाबी गर्दै मतदातालाई रिझाउनका लागि मत माग्न व्यस्त देखिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका उम्मेदवार विद्या भट्टराई स्व रवीन्द्र अधिकारीको सपनालाई पूरा गर्न र विकास निर्माणको कार्यलाई प्राथमिकता राख्ने वाचाका साथ मतदातालाई आकर्षित पार्नका लागि मतदातालाई आफ्नो पक्षमा पार्न जुटेकी छन् ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल यस उपनिर्वाचनमा उमेरको आधारमा जेठो छन् । ७४ वर्षीय पौडेलले यो उमेरमा पनि युवाजतिकै खट्नसक्ने र निष्ठाको राजनीति गरिएकाले मतदातासमक्ष आफूलाई जिताउनका लागि आग्रह गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोमबहादुर भण्डारीले यो उपनिर्वाचनमा नेकपा हारे पनि सरकारलाई कुनै असर नपर्ने, कांग्रेस जिते पनि सरकारमा पुग्न नसक्ने भएकाले सनातन धर्मका लागि आवाज उठाउँदै आइरहेको राप्रपाको उम्मेदवारको रूपमा आफूलाई जिताउनतर्फ लाग्न मतदातालाई आग्रह गरिरहेका छन् ।

समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ लामो समयदेखि नेकपा र नेपाली कांग्रेसले मुलुकमा शासन चलाएको भए पनि कास्कीमा सो अनुरूपको विकास नभएको अवस्थामा आफूलाई जिताएमा कास्की क्षेत्र नं–२ मा विकासका कार्यलाई तीव्रता दिने दाबीका साथ मतदाताबीच पुगेका छन् ।

साझा पार्टीका उम्मेदवार रजनी केसी नेकपा र नेपाली कांग्रेसले जनताको वाचा पूरा नगरेको र मुलुकमा भ्रष्टचार मौलाएको भन्दै आफूलाई जिताएमा जनताबीच गरिएको वाचा पूरा गर्ने भनेर मत माग्न व्यस्त छिन् ।

यसका साथै, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले)बाट टेकनाथ भण्डारी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)बाट श्रीमती गङ्गा मल्ल आ–आफ्ना चुनाव प्रचारप्रसारलाई तीव्रता दिनुका साथै निर्वाचनको परिणाम आफ्नै पोल्टामा पर्ने विश्वासका मत माग्न व्यस्त रहेको देखिन्छन् ।

यसका साथै स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रनुभएका उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पङ्गेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनिल भुषाल आ–आफ्ना चुनाव चिह्नका साथ मतदाताको घरदैलोमा पुगिररहेका छन् ।

कास्की क्षेत्र नं–२ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ ।

नगरपालिकाका वडा नं–४,७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ उक्त निर्वाचन क्षेत्रमा पर्दछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x