कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
अदालतको अवहेलनाको सजाय पाएका कञ्चनपुरका पत्रकार खेम भण्डारी १ घण्टा जेल बिताएर रिहा भएका छन् ।
कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणसँग जोडिएको एउटा मुद्दाको अदालती कारवाहीलाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार भण्डारीलाई दोषी ठहर गरेको थियो ।
अदालतको फैसला कार्यान्वयन गराउने क्रममा पत्रकार भण्डारी मंगलवार १ घण्टा जेल परेका हुन् । अदालतले पत्रकार भण्डारीलाई माफी माग्ने वा सजाय भोग्ने विकल्प समेत दिएको थियो ।
पत्रकार भण्डारीले अदालतले राखेका शर्त पूरा नगरेपछि उनलाई मंगलवार जेलमा राखिएको हो । जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई ३ शर्त पूरा गर्नुपर्ने वा १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
जिल्ला बार एसोसिएसनले पत्रकार भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेको थियो । पत्रकार भण्डारीले आफूले कुनै गलत काम नगरेको भन्दै अदालतका शर्त मान्न अस्वीकार गरेका थिए ।
जिल्ला अदालत कञ्चनपुरले गरेको फैसलामाथि पुनरावेदन गर्न आफूलाई म्याद नदिइएको गुनासो पत्रकार भण्डारीले गरेका छन् । अदालत परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले आफूलाई पुनरावेदन गर्ने म्याद नदिई फैसला कार्यान्वयन गरिनु अन्यायपूर्ण भएकाले न्यायका लागि माथिल्लो अदालतमा जाने बताए ।
पत्रकार भण्डारी महेन्द्रनगरबाट प्रकाशित हुने मानखण्ड दैनिकका सम्पादक, रेडियो महाकालीका सञ्चालक तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...