×

NMB BANK
NIC ASIA

रोजगारीका नाममा गाई धपाउन लगाएर कम्युनिस्ट सरकारले जग हँसायो : कांग्रेस

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले मकै गोड्ने र गाई धपाउने रोजगारीको सिर्जना गरेर जग हँसाउने काम गरेको आरोप लगाएको छ ।

Muktinath Bank

मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै कांग्रेसले निकालेको घोषणा पत्रमा कम्युनिस्ट सरकारले जग हँसाएको आरोप लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमाथि २१ वटा हमला गरेका थिए । 


Advertisment
Nabil box
Kumari

‘कम्युनिस्ट पार्टीको सरकारले कुनै एक रोजगार कार्यक्रमका नाममा अर्बौ रुपैयाँ खर्च गरेर मकै गोड्ने, सडकका गाई धपाउने र नाली सफा गर्ने आदि ‘रोजगारीको सिर्जना’ गरेर जग हँसाउने कार्य गरेको छ,’ कांग्रेसले जारी गरेको घोषणापत्रमा उल्लेख छ, ‘रोजगारी त त्यो हो जसले एकदिने पिकनिकको क्षणिक मनोरञ्जन होइन एउटा सिंगो जीवनलाई निर्वाह गर्न सक्ने गरी स्थायी प्रबन्धको बन्दोबस्त गर्छ ।’

Vianet communication
Laxmi Bank

प्रवक्ता शर्माले पञ्चायतको बिदाइपछि कांग्रेसले लिएको नीतिका कारण सरकारी र निजी क्षेत्रबाट अनेकौं रोजगारी सिर्जना गरेको दाबी गरे । कांग्रेसकै पालामा बैंक तथा वित्तीय संस्था, विद्यालय, स्वास्थ्य चौकी, सञ्चारमाध्यम र एयरलाइन्स जस्ता सरकारी र निजी प्रतिष्ठानहरूले लाखौ रोजगारी सिर्जना गरेको भन्दै प्रवक्ता शर्माले कम्युनिस्ट सरकार आएपछि रोजगारीलाई क्षणिक मनोरञ्जनका रूपमा लिइएको आरोप लगाएका हुन् ।

शर्माले माओवादी हिंसाले रोजगारी सिर्जनाको यात्रामा ध्वंशात्मक ढंगले असर नपुर्‍याएको भए मुलुकमा बेरोजगारीको विकराल स्थिति नबन्ने जिकिर गरे ।

‘वैदेशिक रोजगारीको ढोका खोल्नैपर्ने हाम्रो बाध्यात्मक रोजाइले पनि लाखौं युवाका हातमा ७ समुन्द्रपारी सही, रोजगारीको प्रबन्ध कांग्रेसकै पहल र नेतृत्वमा हुन सक्यो,’ घोषणापत्रमा उल्लेख छ, ‘हिंसा र अस्थिर राजनैतिक वातावरणको प्रतिकुलताबीच पनि नेपाली कांग्रेसको नेतृत्वमा देशले यतिको प्रगति गर्नु चानचुने कुरा होइन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x