मधेससँग मेरो ‘डीप लव’ छ – प्रचण्ड

फाइल फोटो

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू मधेशसँग ‘डीप लव’मै रहेको बताएका छन् ।

मंगलवार नवलपरासीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मधेशी जनतासँग गहिरो माया बसेको बताएका हुन् ।


Advertisement

'मधेशीमेरो डिभोर्स भएको छैन र डिभोर्स गर्नेवाला पनि छैन,’ प्रचण्डले भने, ‘संविधान निर्माणको बेलामा मधेशी, आदिवासी, जनजाती, दलित तथा मुस्लिमको सहभागिता उल्लेख्य नभएको भन्दै मैले नै नोट अफ डिसेन्ट दर्ता गरेको हुँ ।’

प्रचण्डले नवलपरासीको आर्थिक विकासमा आफूले धेरै भूमिका खेलेको दाबी पनि गरे । विकास निर्माणका लागि निजी क्षेत्रलाई राज्यले प्रोत्साहन गर्नुपर्ने प्रचण्डले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्