मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
नेपालमा आगामी चैत्रदेखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री गरिने भएको छ । चैत १५ देखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ ल्याइने नेपाल आयल निगमले जनाएको छ । भारतमा आगामी अप्रिल (चैत) देखि युरो–६ लागू हुने भएपछि नेपालमा पनि स्वाभाविक रूपमा लागू हुनेछ ।
भारतबाट युरो–४ विस्थापित भएपछि नेपालले युरो–४ खरिद गर्न नसक्ने निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल कर्पोरेसनले अप्रिल फस्टबाट युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ पठाउने तयारी थालेको छ ।
निगमले नेपालमा उच्च गुणस्तरको युरो–६ पेट्रोल आयात गर्न खुला गरिसकेको छ । हालसम्म युरो–४ बिक्री गर्दै आएको निगमले ठूला ग्राहक (बल्क कस्टमर)का लागि युरो–६ पेट्रोल ल्याउन खुल्ला गरेको हो । प्रवक्ता गोइत भन्नुहुन्छ, आगामी चैतदेखि सबैका लागि बिक्री गरिने छ ।
सेवाग्राहीले उच्च गुणस्तरको पेट्रोल ल्याउन चाहेमा हाल ल्याउन सक्ने गोइतले जानकारी दिनुभयो । युरो–६ मापदण्डको पेट्रोलको माग आइरहेको छ । नेपालमा युरो–६ मापदण्डका गाडी आयात भए पनि पेट्रोल भने युरो–४ कै बिक्री गरिएको छ । गोइत भन्नुहुन्छ, हाललाई निगमले ठूलो परिणाममा खरिद गर्ने ग्राहकलाई खुला गरिदिएको छ तर अहिल्यै पेट्रोलपम्पले युरो–६ पेट्रोल ल्याएर बिक्री गर्न पाइँदैन ।
भारतमा युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ लागू भएपछि नेपालले भारतबाटै खरिद गर्ने भएकाले नेपालमा पनि युरो–६ नै बिक्री हुने छ तर युरो–६ हालको भन्दा महँगो हुनेछ । युरो–४ भन्दा गुणस्तरको भएकाले पैसा पनि अन्तर्राष्ट्रिय मूल्यअनुसारकै हुने निगमले जानएको छ ।
निगमका अनुसार युरो–६ पेट्रोलले गाडीको इन्जिन क्षमता बढाउनुका साथै वातावरण प्रदूषणसमेत कम हुनेछ । पेट्रोलमा सल्फरको मात्रा १० पीपीएम मात्रै हुन्छ । अहिले बिक्री भइरहेको पेट्रोलमा ५० पीपीएम मिसिने प्रवक्ता गोइतको भनाइ छ। गोरखापत्र दैनिकमा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...