×

NMB BANK
NIC ASIA

गरे के हुन्न ?

बुटवलमा 'नमूना विकास' : किलोमिटरैपिच्छे १६ पुल, तिनाउ र दानव नदीमाथि पुलैपुलको जालो !

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल शहर भएर बग्ने तिनाउ र दानव नदीमा धमाधम पक्की पुल बनिरहेका छन् ।

Muktinath Bank

दुवै नदीमा केही पुल बनिसकेर सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन छन् । नदीमा लगभग किलोमिटरैपिच्छे पक्की पुल निर्माण भइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदीको १६ किलोमिटर क्षेत्रमध्ये केही पक्की पुल बनिसकेका छन्, केही बन्दैछन् भने केही विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको अन्तिम चरणमा छन् । नदीका १६ किलोमिटरमा १६ पुल बनिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

झण्डै ३ वर्षको अवधिमा बुटवलमा १४ वटा नयाँ पुल थपिएका हुन् । अन्य ठाउँमा ठेकेदारका कारण पुल निर्माण अलपत्र भएको सुनिएपनि बुटवलका दुवै नदीमा धेरै पुल निर्धारित समयमै निर्माण सम्पन्न भएका छन् । नेता र सांसदहरूको राजनीतिक पहुँचका कारण पुल निर्माणले प्राथमिकता पाएको हो । 

Vianet communication
Laxmi Bank

बुटवलमा विकास निर्माणदेखि रूपन्देहीमा पुलहरूको योजना ल्याउनेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल अगाडि देखिन्छन् । उनीसँगै नेकपाका अर्का नेता घनश्याम भुसाल, कांग्रेस नेता बालकृष्ण खाँणको योगदान पनि उत्तिकै छ । सबै नेता संघीय संसदमा रूपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसद हुन् ।

दुवै नदीमा पुल बनेसँगै रुपन्देहीबासी लाभान्वित छन् । यी २ खोलाका कारण टाढा भएका बजार र बस्ती क्रमशः नजिकिँदै गएका छन् । दूरीले नजिक भएर पनि पुल नहुँदा समस्या भोग्दै आएका स्थानीयलाई धेरै सहज भएको छ ।

तिलोत्तमा र सियारीलाई जोड्ने एउटा तिनाउ पुल टिकुलिगढमा निर्माण भएर सञ्चालनमा आएको झण्डै २ वर्ष भयो । मगरघाट–रानीगञ्ज, हात्तीसुढ–बुद्धनगर, गोलपार्कदेखि पुरानो बटौली जोड्ने पुल यसै वर्ष सञ्चालनमा आएका छन् । यहीँ नदीको टिकुलिगढ–अमुवा जोड्ने पुल, पश्चिमपौनी–फर्साटिकर, नयाँमिल–मोतिपुर, गोरकट्टा–मोतिपुर (अलपत्र) पुल यसै वर्ष टेन्डरको प्रक्रियामा गएर निर्माण शुरू हुने चरणमा रहेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताए ।

दानव नदीको झोलुङ्गेपुल–नहरपुर जोड्ने पुल, नयाँगाउँ–बेलबरिया निर्माण सम्पन्न भएका छन् । मैनावगर–टपमजुवा, जितगढी मजुवा, ढवाहा–चम्किपुर, तामनगर–सेमलार, वनकट्टा–कर्साघाट पुल निर्माणाधीन छन् । बोलबम–नरैनापुरधाम जोड्ने पुलको यसै वर्ष डीपीआर हुने मरासिनीले बताए । ‘यहाँ निर्माणाधीन/निर्माण सम्पन्न भएका पुलहरूले बुटवल, तिलोत्तमा, भैरहवालाई नजिक ल्याएका छन् । छोटो समयमा यहाँ धेरै पुलहरू बने,’ उनले भने ।

तिनाउ नदीका जानकार इन्जिनीयर खेटराज दाहालले नेताहरूको पहुँचले छिटो पुलहरू बनेको बताए । ‘पुलहरूको आवश्यकता थियो । नेताहरू हुँदा छिटो भयो । यहाँका गाउँबस्तीले पुल नहुँदा ठूलो समस्या भोग्दै आएका थिए । अब त्यसको निराकरण भएको छ,’ उनले भने ।

तिलोत्तमाका निरज तिवारीले योजना मात्र पारेर नहुने भन्दै समयमा सम्पन्न गराउन पनि नेतादेखि सडक डिभिजन कार्यालयले ध्यान दिनुपर्ने बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिनाउ नदीमा बनेका र बन्दै गरेका पुलले समग्र रुपन्देहीबासीलाई एकआपासमा जोडेको र तिलोत्तमा नगरपालिकालाई पनि एउटा केन्द्रको रुपमा विकास गराएको बताए । लुम्बिनीसँग नजिक भएकाले बुटवलको विकासमा पुलहरू प्राथमिकतामा परेका छन् । तिनाउ पुलको सौन्दर्यकरण

पूर्वपश्चिम राजमार्गमा पर्ने बुटवलको तिनाउ पुललाई आकर्षक र बलियो बनाउन सौन्दर्यकरण गरिने भएको छ । ओभरलोड र तिनाउ नदीको दोहनले गहिरिँदै गएको पुललाई सुरक्षित बनाउन ‘स्केचर ब्रीज’ बनाउने गरी योजना आएको मरासिनीले बताए । दाहालले अन्य पुलभन्दा मुख्य राजमार्गको पुललाई प्राथामिकता दिएर मर्मत गर्नुपर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x