×

NMB BANK
NIC ASIA

किन हटायो पोचेट्टिनोलाई टोटनहमले ? नयाँ प्रशिक्षक को ?

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इंग्लिश फूटबल क्लब टोटनहम हट्सपरले प्रशिक्षक माउरिसियो पोचेट्टिनोलाई बर्खास्त गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सन् २०१४ मा स्पर्सको प्रशिक्षक बनेका पोचेट्टिनोले सन् २०१६–१७ को सीजनमा क्लबलाई दोस्रो स्थानमा पुर्‍याएर नयाँ उचाइ दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि टोटनहम शीर्ष चार स्थानमा रहँदै आयो र च्याम्पियन्स लीगमा प्रतिस्पर्धा गरिरह्यो । अघिल्लो सीजनको फाइनलमा टोटनहम लिभरपूलसँग २–० को पराजय बेहोरेर उपविजेता बन्यो ।


Advertisment
Nabil box
Kumari

यस सीजनमा भने टोटनहमको प्रदर्शन राम्रो रहेन । 

Vianet communication
Laxmi Bank

अहिले क्लब १४औं स्थानमा छ र शीर्ष स्थानमा रहेको लिभरपूलभन्दा २० अंक पछाडि छ । 

पछिल्ला शीर्ष पाँच खेलहरूमा टोटनहमले पराजय बेहोरेको छ । 

त्यसैले क्लबमा परिवर्तन ल्याउने निर्णय लिइएको अध्यक्ष डेनियल लेभीले बताए । पोचेट्टिनोसँगै प्रशिक्षण टोलीका जिसस पेरेज, मिगेल डी अगोस्टिनो र एन्टोनी हिमेनेजलाई पनि हटाइएको छ । 

‘बोर्डले अप्ठ्यारा निर्णयहरू लिनुपर्ने हुन्छ र अहिलेको निर्णय त झन् साह्रै अप्ठ्यारो किसिमको थियो । माउरिसियो र उनका प्रशिक्षण टोलीसँग हामीले स्मरणीय क्षणहरू बिताएका छौं तर क्लबको हितका लागि अहिले यो निर्णय लिएका हौं । माउरिसियो र प्रशिक्षण टोली हाम्रो इतिहासको एक हिस्सा रहिरहनेछन् । उनीहरूको योगदानका लागि म धन्यवाद दिन्छु । उनीहरूलाई हामी जहिले पनि स्वागत गर्नेछौं,’ लेभीले भने । 
पोचेट्टिनो हटेसँग जोसे मउरिन्होलाई टोटनहमको प्रशिक्षक बनाइने चर्चा चलेको छ । उनीसँगको सम्झौता हुनै लागेको बताइएको छ । 

शनिवार टोटनहमको भिडन्त वेस्ट ह्यामसँग उसकै मैदानमा हुँदैछ भने च्याम्पियन्स लीगको खेल टोटनहमको गृहमैदानमा ओलम्पियाकोसविरुद्ध छ ।

अप्डेट : टोटनहम हट्सपरले जोसे मउरिन्होलाई क्लबको व्यवस्थापक तथा प्रशिक्षक बनाएको पुष्टि गरेको छ ।  

गोल डट्कमबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x