×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् हेरफेर : नयाँ मन्त्रीमा कुन प्रदेशबाट कसको चर्चा ?

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । 

Muktinath Bank

सचिवालय बैठकअघि प्रधामनन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाभित्र मन्त्री बन्नका लागि नेताहरूको दौडधूप चलिरहेको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश नम्बर १ बाट वसन्त नेम्वाङ र राजेन्द्र गौतमको चर्चा छ । वसन्त पाँचथरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने गौतम संखुवासभाबाट निर्वाचित भएका हुन् ।

Vianet communication
Laxmi Bank

ओखलढुंगाका यज्ञराज सुनुवार र मोरङबाट निर्वाचित अमनलाल मोदीको नाम पनि मन्त्री बन्न सक्ने नेताहरूको सूचीमा छ ।

प्रदेश नम्बर २ बाट प्रभु शाह र रामेश्वर राय यादवको चर्चा छ । 

यादव तत्कालीन मधेशी जनअधिकार फोरमको वरिष्ठ उपाध्यक्ष छाडेर तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

प्रदेश नम्बर ३ बाट सुरेन्द्र पाण्डे, पम्फा भुसाल, महेश बस्नेत, कृष्णगोपाल श्रेष्ठ र पार्वत गुरुङको चर्चा छ । 

भुसाल ललितपुर ३ बाट निर्वाचित सांसद् हुन् भने महेश भक्तपुर– २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

कृष्णगोपाल काठमाडौं ९ र गुरुङ दोलखाबाट निर्वाचित सांसद हुन् । 

प्रदेश ४ बाट देवेन्द्र पौडेल, खगराज अधिकारी, हरि अधिकारी र कृष्णकुमार श्रेष्ठको नाम चर्चामा छ ।

तत्कालीन नयाँ शक्ति पार्टी छाडेर माओवादीमा फर्केका पौडेल बाग्लुङबाट निर्वाचित हुन् । श्रेष्ठले तनहुँबाट कांग्रेस नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । 

प्रदेश ५ बाट घनश्याम भुसाल, हृदयेश त्रिपाठी, सोमप्रसाद पाण्डे र छविलाल विश्वकर्माको नाम चर्चामा छ । 

भुसाल झलनाथ खनाल प्रधानमन्त्री हुँदा विनाविभागिय मन्त्री बनेका थिए भने त्रिपाठी स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका नेता हुन् ।

कर्णाली प्रदेशबाट जनार्दन शर्माको नाम चर्चामा छ । 

सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्ट, नारदमुनि राना, प्रेम आले र गणेश ठगुन्नाको नाम चर्चा छ ।

भट्ट कैलाली र आले डोटीबाट निर्वाचित संसद हुन् । रानाले कांग्रेस नेतृ आरजु देउवा राणालाई पराजित गरेका थिए । 

चर्चामा रहेका यी नाममध्ये केही नेता मात्र मन्त्री बन्नेछन्, अधिकांश भने चर्चामै सीमित हुने खतरा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x