जाडो मौसमलाई न्यानो बनाउन सीजीले बजारमा ल्यायो घरायसी सामग्रीहरू

नेपालको सबैभन्दा ठूलो र १ नम्बर इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामग्री बजारमा ल्याएको छ ।

जसअन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्यास गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरू रहेका छन् ।


Advertisement

‘रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरूमा ल्याएको छ । जसले तपाईको कोठालाई एकदमै न्यानो पार्ने गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सीजीले तपाईंको बजेटलाई ध्यानमा राखी ग्याँस तथा इलेक्ट्रिक गरी २ किसिमका गिजरहरू उपलब्ध गराएको छ ।’


Advertisement

केही समयमा नै कुनै झन्झट विना पनि तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रिक केटल र हटपटहरू रहेका छन् । तातेका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मस पनि उपलब्ध गराएको छ ।

कमेन्ट गर्नुहोस्