यस्तो छ नेकपा सचिवालयको ४ बुँदे निर्णय, प्रचण्डलाई कार्यकारी अध्यक्ष दिन कडा शर्त !

पार्टी एकताअघि भएको सहमतिअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्यकारी अध्यक्षको रूपमा पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाएका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पूरा कार्यकाल (५ वर्ष) सरकार सञ्चालनको जिम्मेवारी भने अर्का अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।


Advertisement

 

'अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने,' बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । नेकपा सचिवालय बैठकले गरेको निर्णयको दोस्रो बुँदामा उक्त कुरा उल्लेख छ ।


Advertisement

निर्णयको चौथो बुँदामा एउटा शर्त राखिएको छ, जुन कुरा प्रचण्डले पार्टी सञ्चालन गर्दा ध्यान दिनुपर्नेछ ।

'पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने,' नेकपा सचिवालयको ४ बुँदे निर्णयको चौथो बुँदामा भनिएको छ ।

पार्टी त स्वभाविक रूपमा विधि र वैधानिक व्यवस्थाअनुसार नै चल्ने हो तर यसबाट दायाँबायाँ हुन मिल्दैन है भन्ने हिसाबले उक्त बुँदा राखेको देखिन्छ ।

हेर्नुहोस्, नेकपा सचिवालय बैठकको ४ बुँदे निर्णय :

 

कमेन्ट गर्नुहोस्