×

NMB BANK
NIC ASIA

उपनिर्वाचनमा दाङमा कसको पल्ला भारी

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ ।

Muktinath Bank

केही समयपहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो क्षेत्र तुलसीपुर बजारदेखि केही टाढा रहेको छ । अहिले त्यहाँका घरघरमा उम्मेदवार मत माग्नका लागि घरदैलो गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

उम्मेदवार बिहानैदेखि बेलुकासम्म आआफ्ना नेता तथा कार्यकर्ता सँगसँगै आफ्नो पक्षमा मत माग्न मतदाताको घरघरमा पुग्ने गरेका छन् ।

Vianet communication
Laxmi Bank

तुलसीपुर बजारका चियापसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा परिचर्चा निकै चल्ने गरेको छ ।

प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा दलबाट १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवार रहेका छन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका १४ जनामध्ये एक महिलाले मात्र उम्मेदवारी दिएकी छिन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र महिलालाई उम्मेदवार बनाएको छ ।

नेकपाले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि खाली रहेको सो स्थानमा उनकी पत्नी विमला वलीलाई उम्मेदवार बनाएको छ ।

पार्टीबाट उम्मेदवारको रुपमा टिकट पाएलगत्तै अहिले विमला नेकपाका नेता कार्यकर्ताको साथमा बिहानदेखि साँझसम्म चुनावी अभियानमा व्यस्त भएकी छन् ।

चुनावअघिको समयमा कोही कसैको अगाडि बोल्दा पनि आफ्नो पतिको नाम आउने बित्तिकै आँसु झार्ने विमला अहिले क्रमशः बलियो बन्दै गएको उनको भनाइबाट पनि प्रष्ट हुन्छ ।

विकासप्रेमी नेताको पत्नी भएको नाताले पति कै कामलाई निरन्तरता दिने उनको सोच छ ।

'अरू नेताजस्ता महिला बोलक्ड नहोलान्, ठूलाठूला सपना देखाउन नजानेका होलान् तर इमान्दार भएर काम गर्न जानेका छन्', उनले भनिन्, 'महिलाले जनताको भावना बुझ्न जानेका हुन्छन् तर भ्रष्टाचार गर्न जान्दैनन् ।' 

आफ्नो श्रीमान्को अपूरा सपना पूरा गर्न चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउँदै उनले आफू विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरिन् ।

नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार भएका केशव आचार्यले आफूले विगत ३० वर्षदेखि यही क्षेत्रमा पार्टीको भूमिका निर्वाह गर्दै यहाँका जनताको दुःखसुखमा साथ दिएकाले आफ्नो जित सुनिश्चित रहेको बताए ।

उनले आफूलाई सबैले पुरानो र त्यागी नेताका रूपमा चिन्ने गरेकाले यसपटक पार्टीभित्र गुटउपगुट पनि नहुने हुँदा आफ्नो जित सुनिश्चित रहेको बताए ।

यसैगरी राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा (संयुक्त) बाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी पनि चुनावी मैदानमा छन् ।

त्यस्तै नेपाली कांग्रेस (बिपी) बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, साझा पार्टीका शिवकुमार चौधरी पनि चुनावी मैदानमा छन् भने स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्य पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

चौध उम्मेदवार भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वली र नेपाली कांग्रेसबाट आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

यसअघिको निर्वाचनमा नेकपाका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीले २३ हजार ९७० मत प्राप्त गरी विजयी भएका थिए ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत प्राप्त गरेका थिए ।

दाङ क्षेत्र नं ३ को २ मा कूल ६८ हजार ७१९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

तीमध्ये पुरुष ३३ हजार ७७८ र महिला ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेका छन् । 

दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ सँगै शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका पर्दछन् ।

यहाँ हुने उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । रीता लामा / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x