सञ्जिवनी नक आउट फुटबल प्रतियोगिता

रुपन्देहीको तिलोत्तमा–१४ बाग्धुरामा आउँदो शुक्रवारदेखि सञ्जिवनी नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । सञ्जिवनी युवा क्लबले तेस्रो सञ्जिवनी नक आउट फुटबल प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा रुपन्देहीका उत्कृष्ट १६ टिमको सहभागिता रहने क्लबले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


Advertisement

क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले स्थानीय स्तरमा फुटबल खेलाडी उत्पादन गर्दै खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । क्लबले स्थापना काल २०७३ सालदेखि नियमित रुपमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा पूर्व सांसद इस्तियाक खाँनले उद्घाटन गर्ने कार्यक्रम रहेको खेल संयोजक कमल परियारले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले १ लाख रुपैयाँ नगद, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीयले ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने परियारले बताए ।


Advertisement

त्यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगितामा गत वर्ष नव सृजना युवा क्लब कजौरियाले उपाधि जितेको थियो । रुपन्देहीमा फुटबल प्रतियोगिताहरु धमाधम भइरहेका छन् । जिल्लालाई फुटबलको उर्वर भूमिका रुपमा पनि लिइन्छ ।  

कमेन्ट गर्नुहोस्