प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाएपछि जनार्दनको प्रतिक्रिया– ओलीप्रति विश्वास थप बढ्यो

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रवीच एकता प्रक्रियामा भूमिका खेलेका नेकपा नेता जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने निर्णयले केपी शर्मा ओलीप्रति विश्वास बढेको बताएका छन ।

बुधवारको निर्णयले दुबै अध्यक्षको  बिचमा नयाँ विश्वास पैदा भएको र पार्टी एकताले नयाँ उचाई हासिल गरेको उनको भनाइ छ । 


Advertisement

‘कम्युनिस्ट आन्दोलन लाई एकीकृत गर्ने नेपाली जनताको सपना पूरा गर्ने काममा हाम्रा नेताहरुको शाहसिक निर्णय बाट नेकपा निर्माण भयो । उक्त निर्णयका आधार तयार गर्ने क्रममा सकारात्मक वातावरण तयार पार्ने जिम्मा पुरा गर्दै गर्दा मलाई धेरैले प्रश्न गरेका थिए । यस्तो मुर्खतापुर्ण कदम किन ?’ नेता शर्माले बुधवार सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भनेका छन, ‘मेरो बारेमा अध्यक्ष प्रचण्डलाई चुक्लि गरे कसैले अध्यक्ष केपी लाई फसाएको आरोप लगाए । मलाई थाहा थियो दुइ वटा नेताहरुको सम्पुर्ण वार्तामा म छु र सबै शब्द हेरेको छु सुनेको छु । मलाई मेरो आदरणीय दुबै नेता प्रति विश्वास थियो ।’


Advertisement

बुधवार बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने र ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री बनाउने सहमति गरेको थियो ।

‘शैली र बोलीमा आ आफ्ना बिशेषता भएता पनि आफ्नो बचनमा प्रतिबद्ध छन । मेरो बिश्वास लाई आजको निर्णयले साबित गरेको छ । यसबाट अध्यक्ष कपी ओलीप्रति मेरो विश्वास थप बढेको छ’ नेता शर्माले लेखेका छन । 


 

कमेन्ट गर्नुहोस्