गोकर्णलाई विस्थापित गरेर रामेश्वर राय बने श्रम मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मौजुदा मन्त्रिपरिषद्मा हेरफेर भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

पुर्नगठित मन्त्रिपरिषद्मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी नेकपाका रामेश्वर राय यादवले पाएका छन । यसअघि नेकपाका गोकर्ण विष्ट श्रम मन्त्री थिए । 


Advertisement

तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रहेका रामेश्वर राय स्थानीय चुनावको पूर्वसन्ध्यामा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नयाँ मन्त्रीको शपथ बिहीवार हुने भएको छ । 
 


Advertisement

कमेन्ट गर्नुहोस्