प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मौजुदा मन्त्रिपरिषद्मा हेरफेर भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पुर्नगठित मन्त्रिपरिषद्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी हृदयेश त्रिपाठीले पाएका छन । यसअघि नेकपाका लालबावु पण्डित सामान्य प्रशासन मन्त्री थिए ।
तत्कालीन तमलोपाबाट अलग भइ प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको तर्फबाट त्रिपाठी सूर्य चिन्हबाट चुनाव लडेका थिए ।
नयाँ मन्त्रीको शपथ बिहीवार हुँदैछ ।
लोकान्तर संवाददाता