×

NMB BANK
NIC ASIA

गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

दुई वटै गाउँपालिकाको कार्यालय गत साउन महिनादेखि लेखापालविहीन छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजनाको उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकिएको छ ।


Advertisment
Nabil box
Kumari

शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको छ । कार्यरत लेखापाल समायोजनपछि अन्यत्र सरुवा भएर गएको र नयाँ नआएकाले समस्या भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

Vianet communication
Laxmi Bank

‘लेखापाल पठाउन अनुरोध गर्दै कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रशासन हुँदै संघीय सरकारका मन्त्रालयसम्म पुग्यौं तर कोही आएनन्,’ अध्यक्ष पुनले भने, ‘कार्यालय सञ्चालनका लागि महत्त्वपूर्ण लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक कारोबार ठप्प भएको छ ।’

सम्झौता भएका योजनाका उपभोक्ता समितिलाई पेस्की र काम सकेका योजनाको भुक्तानीदेखि कर्मचारीलाई तलब खुवाउनेलगायत सबै आर्थिक कारोबार ठप्प भएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताए । बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन हुनसकेको छैन ।

मालिका गाउँपालिकामा ७ वडा छन् । ७ वटै वडा कार्यालय पनि सचिवविहीन भएका छन् । सचिवको विकल्पमा स्वास्थ्य संस्थाका अनमीलाई पञ्जाधीकारीको समेत जिम्मेवारी दिएको मालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले बताए ।

८ वडा रहेको अन्नपूर्ण गाउँपालिकामा पनि ३ मात्र सचिव छन् । १ सचिवलाई ३ वडासम्मको जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए । वडा नम्बर ८ राम्चेमा पञ्जाधिकारीको जिम्मेवारी अनमी बनिका गर्बुजालाई दिइएको छ । 

साविककै दरबन्दीअनुसार पदपूर्ति हुन नसकेको र दुर्गमका स्थानीय तहमा कर्मचारी जान नमानेका कारण समस्या भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । वडासचिव, कम्प्युटर अपरेटर, इञ्जिनीयर, सवइञ्जिनीयर, लेखापाल पदका कर्मचारीको अभाव भएको हो । 

कतिपय लेखापालले २ वटा कार्यालयको जिम्मेवारी सम्हालेका छन् । कोष तथा लेखा नियन्त्रक चन्द्रशेखर सापकोटाले अन्य कार्यालयका लेखापाललाई गाउँपालिकाको पनि जिम्मेवारी दिएको बताए । कोलेनिकाले खटाएका लेखापालले स्थानीय तहमा दबाबमा काम गर्नुपर्ने भएकाले त्यहाँ गएर काम गर्ने वातावरण नभएको प्रतिक्रिया दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x